बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासघ गठन गरियो ।

बाजुरामा सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासघ गठन गरियो ।

  • सोमवार, मंसिर २९, २०७७
बाजुरामा सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासघ गठन गरियो ।

बाजुरा- बाजुरा जिल्लाका सामुदायिक बिद्यालयहरुको छाता संगन सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासघ गठन गरिएको छ ।
हिजो मंसिर २८ गते सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा बाजुरा जिल्ला सदरमुकाम मार्तडीको मालिका नमूना माबिमा भएको एक कार्याक्रका बिच समिति गठन गरिएको सामुदायिक बिद्यालय ब्याबस्थापन समिति महासघ सुदुरपश्चिम प्रदेश सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज दिर्धराज पाध्यायले जानकारी दिएका छन ।
प्रदेश सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज दिर्धराज पाध्यायको अध्यक्षतामा संजालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए भने बिशिष्ट अतिथि जिल्ला शिक्षा इकाई प्रमुख गोपालदत्त जोशी, हर्कबहादुर धानुन रहेका थिए । त्यस्तै अतिथिहरुमा प्रेम भाट, पार्वती चन्द रहेका थिए । कार्यक्रमको संजालन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष धुब्रराज उपाध्यायले गरेका थिए ।
हिजो भएको कार्यक्रमबाट तोली देवल माबिका अध्यक्ष गणेश साउद अध्यक्ष रहने गरि १५ सदस्यीय जिल्ला स्तिरिय समिति गठन गरियो हो ।
समितिले सामुदायिक बिद्यालयहरुमा हुने गरेका समस्यहरलाई संगठन मार्फ सबलिकरण गर्न सहयोग पुग्ने बताईएको छ । बिद्यालय ब्यबस्थापन समितिले खेल्नु पर्ने भूमीकाका बारेमा पनि यो समितिले काम गर्ने छ । समिति गठनले शैक्षिक क्षेत्रको बिकासका लागि ठुलो टेवा पुग्ने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार