सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • छात्रमैत्रि शौचालय नहुँदा प्याड प्रयोग गर्न पाँउदैनन् बाजुराका छात्राहरु

छात्रमैत्रि शौचालय नहुँदा प्याड प्रयोग गर्न पाँउदैनन् बाजुराका छात्राहरु

बिद्यालयमा सेनेटरि प्याड दियो, तर प्याड ब्यबस्थापन छैन्

  • आइतवार, मंसिर २१, २०७७
छात्रमैत्रि शौचालय नहुँदा प्याड प्रयोग गर्न पाँउदैनन् बाजुराका छात्राहरु

बाजुरा–बाजुरा जिल्लामा रहेको सामुदायिक तथा निजि बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन नहुँदा समस्या भएको छ । सरकारले बिद्यालयमा अनिवार्य सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि बिद्यालयमा प्याड ब्यबस्थापन नहुदा छात्राहरुलाई समस्या भएको पाईइको छ ।
सरकारले गत बर्ष देखि बिद्यालयमा पढने छात्राहरुलाई प्याड निशुल्क ब्यबस्थापन गर्ने निर्णय गरेको भएपनि बाजुरामा यो बर्ष देखी मात्र बिद्यालयमा प्याड दिने गरेको छ । बिद्यालयमा निशुल्क प्याड बितरण गरेको भएपनि छात्रमैत्रि शौचालय नहुँदा प्याड प्रयोग गर्न नपाएको बडिमालिका नगरपालिकाको जाल्पा उमाबिमा अध्यनरत एक छात्राले बताएकि छन् ।
बाजुरामा २ सय ७४ सामुदायिक र निजि बिद्यालय रहेका छन् । जसमा ६३ वटा माबि र २१ वटा उमाबि रहेको छन् । कुनै बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन गर्ने नरहेको पाईएको छ । सबै बिद्यालयका छात्राहरुलाई निशुल्क प्याड बितरण गरेको छ, तर बिद्यालयमा प्याड ब्यबस्थापन गर्ने ठाँउ नहुँदा प्रयोग बिहिन बनेको बुढिगंगा नगरपालिकाको त्रिशक्क्ति उमाबिमा कक्षा १२ मा अध्यनरत बिपना थापाले वताएकि छन् ।
स्थानिय सरकारले बिद्यालयमा निशुल्क स्नेटरी प्याड दिएको भएपनि बिद्यालयमा प्याड ब्यबस्थापन गर्ने नहुँदा छात्राहरुले प्रयोग नगर्ने रहेको जाल्पा उमाबिका शिक्षक भरत शाहले वताएका छन् । बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन गर्ने बनाएको भएपनि प्रयोगबिहिन बनेको उनले वताएका छन् । छात्राहरुलाई बितरण गर्ने गरेका छौ, उनिहरु घर लिने गरेका छन्, घरमा प्रयोग गर्ने गरेका छन, या छैन्न जानकारी नभएको उनले वताएका छन् ।
बिद्यालयमा महिनावारी भएको बेला प्याड ब्यबस्थापन गर्ने नहुँदा महिनावारी भएको ३ दिन सम्म बिद्यालय नआउने गरेको छात्राहरुले वताएकी छन् । खप्तडछेडेदह गाँउपालिका १ मा रहेको काँडा उमाबिमा कक्षा १० मा अध्यनरत एक छात्राले भनिन्, महिनावारी भएको ३ दिन सम्म प्राय छात्राहरु बिद्यालय नआउने गरेको उनले वताईन् । भएका शौचालय प्रयोगबिहिन छन्, प्याड ब्यबस्थापन गर्ने ठाँउ छैन्, झन समस्या हुने भएकाले बिद्यालयमा नआउने गरेको र प्रयोग पनि नगर्ने गरेको वताईन् ।
बडिमालिका नगरपालिका शिक्षा शाखामा कार्यरत कर्मचारी राम कटुवालले भने नगरपालिका माबि र उमाबिका सबै बिद्यालयमा छात्राहरुलाई निशुल्क प्याड बितरण त गरेका छौ, तर कुनै पनि बिद्यालयमा प्याड ब्यबस्थापन नहुँदा समस्या भएको उनले वताए । बिद्यालयमा छात्रमैत्रि शौचालय सँगै प्याड ब्यबस्थापन गर्ने भौतिक संरचना निर्माण गर्न लागेको उनले वताए ।
बाजुरामा अझै पनि महिनावारीको बेला घर भन्दा अलगै राख्ने सार्वजनिक ठाँउमा नजाने गरेका छन् । प्राय महिनावारी भएको ३ दिन सम्म छात्राहरु बिद्यालय नजाने गरेको पाईएको छ । सरकारले नितिमा निशुल्क सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि प्याड ब्यबस्थापन गर्ने ठाँउ बिद्यालयमा नहुँदा सरकारको निशुल्क प्याड ब्यबस्थापन नारामा सिमित रहेको नागरिक अगुवा प्रदिप राज जैशीले वताएका छन् । बाजुरामा महिनावारी भएको बेला धेरै महिला छाउगोठमा बस्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार