शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • रत्न माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रत्न माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • शनिबार, मंसिर २०, २०७७
रत्न माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेको रत्न माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमका विच हाजिरि जबाफ प्रतियोगिता सम्पन्न भएको छ । दैनिकरुपमा संचालन हुने शुक्रवारिय कार्यक्रम अन्र्तरगत आज हाजिरि जवाफ प्रतियो गिताको आयोजना गरि सम्पन्न भएको विद्यालयले जानकारि दिए ।
विद्यार्थिहरुको क्षमतालाई अभिवृदि गर्ने उदेश्यले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापको आयोजना गरिएको रत्न माध्ययमिक विद्यालका शिक्षक चन्द्र बहादुर अएडीले जानकारि दिए । कार्यक्रम अभिभावकहरुको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको हो ।
बोल्ने क्रममा विद्यार्थिहरुको क्षमतालाई हेर्दा खुसि लागेको सम्पुर्ण बक्ताहरुले आफ्ना कुराहरु व्यक्तगरेका थिए । कार्यक्रम विध्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कविराज बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि रत्न माध्यामिक विद्यालयका प्रधानध्यापक हर्क बहादुर बुढा रहनु भएको थियो । त्यस्तै विशिस्ट अतिथि पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष सगुने विस्ट रहनु भएको थियो । ँत्यस्तै अभिभावक पर्वति विस्ट , शान्ति रावल , लालसिंह विस्ट लगाएत ६० जना अभिभावकको सहभागिता रहेको थियो भने कार्यक्रमको संचानल शिक्षक राम बहादुर अएडी गर्नु भएको विद्यालयले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार