शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धेरै दिन पछि परदेशी आफ्नै घरमा पुग्दा

धेरै दिन पछि परदेशी आफ्नै घरमा पुग्दा

  • बुधबार, मंसिर १७, २०७७
धेरै दिन पछि परदेशी आफ्नै घरमा पुग्दा

धेरै दिन पछि परदेशी आफ्नै घरमा पुग्दा,
सित्तल महेशुर्षभयो आफ्नै सहरमा पुग्दा।

केहीकाम पाएको भय यँहा किन जान्थ्यौ,
छट पटि लाग्छ परदेशी त्यो गदरमा पुग्दा।

कस्लाई राम्रो लाग्छ परदेशको तुच्छ काम,
मन त कत्ति लाग्दैन आर्काकै भरमा पुग्दा।

के गरौँ त खान लाउँन पर्छ गरिबलाई पनि,
कत्ति खुसि लाग्दैन परदेशी डगरमा पुग्दा।

हाम्रो देशको प्रतेक गाउँ सहर स्वर्ग तुल्या,
धेरै खुसि लाग्छ बन जंगल र परमा पुग्दा।

सरकार आफ्नो देशलाई नभर बिदेशी ले,
फिजी बन्ला एक दिन सदै अडरमा पुग्दा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार