शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा १ हजार १२ खरका छाना बिस्तापीत गरिने

बाजुरामा १ हजार १२ खरका छाना बिस्तापीत गरिने

  • बिहिबार, मंसिर ११, २०७७
बाजुरामा १ हजार १२ खरका छाना बिस्तापीत गरिने

बाजुरा — बाजुरा जिल्लामा संघिय सरकारले स्थानियका १ हजार १२ घर पुननिर्माण गरि खरकाे छाना बिस्तापीत गरिने भएका छन् । यो आर्थिक बर्षमा संघिय सरकार सहरी विकास मन्त्रालय अन्तरगत बाजुराका खरले छाएका घर बिस्थापित गरि जस्तापाता लगाउने भएको प्रतिनिधि सभाका सासंद लाल बहादुर थापाले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएर खर प्रयोग गरेका घरलाई बिस्थापित गरेर जस्तापात लगाउने गरि सघन सहरि तथा भवन निर्माण इकाइ डोटिले काम शुरु गर्ने भएको छ । खरले छाएको घरमा आगलागि लगायतका बिपत्ति हुने भएकाले बाजुरामा जस्तापाता लगाउने गरि गरिब असाहयका घर पुननिर्माण हुने सांसद थापाले वताए ।
पहिलो चरणमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, अति बिपन्न लक्षित बर्गको निर्माण गरिने सघन सहरि तथा भवन निर्माण इकाइ प्रमुख दिपक श्रेष्ठले वताएका छन् । कुन ठाँउ बाट शुरु गर्ने कहाँ घर निर्माण गर्ने अध्यन गरेर जिल्लामा सर्वपक्षिय बैठक मार्फत चाडै काम अगाडि बढाउने श्रेष्ठले वताएका छन् ।
बाजुरामा जिल्लामा ३५ प्रतिशत भन्दा बढि घर घरले छाएको पाईएको छ । आर्थिक अबस्था कमजोर भएका परिवारले खरले छाएको घर निर्माण गरेका छन् । खरले छाएको घरमा प्रत्येक बर्षमा घर बदलिरहनुपर्ने बाध्यता रहँदै आएको छ । अर्को आगो लाग्ने पानि पर्दा चुहिने, हावाले पनि सहजै उडाउने गरेको पाईएको छ । खरले छाएको घरमा जस्तापाता सरकारले बनाई दिने भएपछि स्थानिय खुशि भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने आर्थिक अबस्था कमजोर भएका परिवार जसले घरको छाना खरले छाएका छन उनिहरुका लागि जस्तापाता दिदा ठुलो सहयोग हुने वताए । बाजुरा जस्ता जिल्लामा यो अति आबश्यक पनि रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार