बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सामुदायिक बन लथालिङग छन : बन डिभिजन प्रमुख चौधरी

बाजुराका सामुदायिक बन लथालिङग छन : बन डिभिजन प्रमुख चौधरी

  • बुधबार, मंसिर १०, २०७७
बाजुराका सामुदायिक बन लथालिङग छन : बन डिभिजन प्रमुख चौधरी

बाजुरा — बाजुरा जिल्लाका धेरै सामुदायीक बन अनियमितता र लथालिङग रहेको जिल्ला बन डिभिजन कार्यालय प्रमुख कालिराम चौधरीले बताएका छन । हिमाली जडीबुटी ब्यबासायी संघद्धारा आयोजित स्वागत तथा परिचयत्मक कार्यक्रममा प्रमुख चौधरीले यस्तो बताएका हुन ।
बाजुरा सदरमुकाम मार्तडीमा हिमाली जडीबुटी ब्यबासायी संघद्धारा आयोजीत स्वागत तथा परिचयात्मक कार्यक्रममा डिभिजन प्रमुख कालीबहादुर चौधरीले पहिलो काम यहाँका सामुदायीक बनहरु सुधार गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख चौधरीले यहाका सामुदायीक बनको सुधार भएन भने जडीबुटी त के घास दाउरा समेत नपाउने सम्भावना भइसकेकोले यसमा सबै पक्षले सहयोग गर्न अनुरोध गरेका छन । केही सामुदायीक बन समुहमा बिगत लामो समय देखी समिति समेत गठन र पुर्नगठन हुन नसकेको देखीएको बताए । त्यो संगै उनले भने लामो समयदेखी पुर्नगठन र नबिकरण हुन नसकेका सामुदायीक बन उपभोक्ता समितिलाइ चाडै कानुनी दायरामा ल्याउने बताएका छन ।


यस अघिको जस्ता लापरबाही भए तत्काल कानुनी प्रक्रियमा गएर ति सामुदायीक बन ता सामुदायीक बन संग काम गर्नेहरुलाई कानुबिपरीत गरेको पाइए तत्काल कार्बाही गर्ने बताएका छन ।
अर्को प्रशङगमा डिभिजन प्रमख चौधरीले भने बाजुरा हिमाली तथा पहाडी भुभाग भएको र यहा धेरै जडीबुटीको सम्भावना रहेको जिल्ला भए पनी यस अघि बनको नियमावली भन्दा फरक ढङगबाट चलाएका कारण सबै नष्ट भएर गइसकेकोले अब कानुन बेगर नजाने बताएका छन ।
हिमाली जडीबुटी ब्यबासायी सघंका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा संचालन स्वागत तथा परिचयात्मकक कार्यक्रममा प्रमुख खतिथी केही दिन अगाडी सरुवा भइ जिल्ला बन डिभिजन कार्यालय बाजुरा पुगेका बन अधिकृत कालीराम चौधरी रहेका थिय ।
हिमाली जडीबुटी ब्यबासायी सघं बाजुराको आयोजनामा संचालन भएको कार्यक्रमा बन डिभिजन प्रमुख चौधरीलाइ सघं अध्यक्ष थापाले अबिर र खादाले स्वागत समेत गरेका थिय ।

चर्चामा

सम्बन्धित समाचार