शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो देशभित्र फेरी राजदरबारको माग भयो

यो देशभित्र फेरी राजदरबारको माग भयो

  • शुक्रबार, मंसिर ५, २०७७
यो देशभित्र फेरी राजदरबारको माग भयो

यो देशभित्र फेरी राजदरबारको माग भयो,
बुट लाठि गोलि अनि तरवारको माग भयो।

राजतन्त्र ठिक भएर होईन भ्रष्टचार भड्दा,
ब्यबस्थाको अन्त गर्ने औतारको माग भयो।

हिँजो राजा चोर देश छोड भन्ने पनि ईनैहुँन,
आज फेरि त्यो निरंकुस जारको माग भयो।

यो देशका जनता लाई कहिलैई शान्ति भैन,
सडकमा हेरन आज आरपारको माग भयो।

हिँजो राजतन्त्र फ्याक्दा हजारौँ बलीमा चडे,
बिडम्वना त्यो राजतन्त्र बेकारको माग भयो।

सुखन पाएको छैन ति युवाहरुको रगत पनि,
खुनले ल्याको गणतन्त्रकै हारको माग भयो।

देश लाई पछि तान्ने जनाधिकर कुण्ठित पार्ने,
त्यो तानासाह जनताको गद्धारको माग भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार