शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

बाजुरामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

  • शुक्रबार, कार्तिक २८, २०७७
बाजुरामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

बाजुरा– बाजुरामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएकाे छ । जिल्ला आयुर्वेद कार्यालय बाजुराले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । “गुणस्तरिय आयुर्वेद सेवाको लागि गुणस्तरिय आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ दिवसको अवसरमा कार्यालयमा पुजा आरधाना गर्दै मनाइएको हाे ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख कविता विष्ट,सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह लगायत अतिथी रहेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दीक्षा भण्डारीले गरेकी थिइन ।

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती फोटोमा माल्यापर्ण गरी कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले उद्घाटन गरेका हुन् । आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी गराउने उद्देश्यका साथ दिवस र जयन्ती एकै साथ मनाइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख दीक्षा भण्डारीले बताएकी छन् ।

जिल्ला आयुर्वेद बाजुराले पछिल्लो समयमा बाजुरामा प्रभाबकारी सेवा दिइरहेको छ । नसर्ने रोग दम, अम्लपित्त, उच्च रतmचाप, मधुमेह, श्वासप्रस्वास, मेदोगत रोग, वातब्याधि रोगहरुको बिशेष उपचार गरिएको कार्यालय प्रमुख भण्डारीले वताईन् । त्यो सँगै जिल्ला आयुर्वेद बाजुराले पछिल्लो समयमा गाँउघरमा पुगे आयुर्वेद उपचार समेत दिदै आएको छ । पछिल्लो सयम बाजुरामा आयुर्वेद उपचार सेवा प्रभाबकारी बन्दै गएको स्थानियले वताएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा पछिल्लो समयमा उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ, कार्यलयको सेवा प्रभाबकारी भएपछि उपचार गर्नेको संख्या बढेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार