शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • शिक्षिकाकाे दुखेसाे “नेताहरु नै श्रम शोषणको अग्रपंतिमा “

शिक्षिकाकाे दुखेसाे “नेताहरु नै श्रम शोषणको अग्रपंतिमा “

  • बुधबार, कार्तिक २६, २०७७
शिक्षिकाकाे दुखेसाे “नेताहरु नै श्रम शोषणको अग्रपंतिमा “

२०७४ साल जेठ महिनामा कालिका आधारभूत विद्यालय भुल्यानामा विद्यालय व्यवस्थापन समितिको वैठकको निर्णयले निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षकमा निजी स्रोत बाट रु ६,५००/- (छ हजार पांच सय) तलब खाने गरि निर्णय गरी नियुक्ति गर्यो।२०७४ को शैक्षिक सत्र सकिए पछि,२०७५ देखी स्कुलमा यति तलबमा म काम गर्न सक्दैन भन्दा २०७४ कै तलब नदिएर बाध्यात्मक रुप बाट तलब बढाउछु,बढाउछु भनेर आश्वासन दिएर ,पहिलेको तलब पुरै दिए पछि स्कुलमा पढाउन आउदिन भनेर विव्यस अध्यक्षले तलब समेत रोकेर जबरदस्त स्कुलमा पढाउन लगाइयो।

२०७५को पुस /माघमा पुनः विव्यस बैठक बसी परिचर तारा वि.क र निमावि शिक्षक म सिता तिमिल्सिना लाई रु ५ हजार तलब बढाउने निर्णय गर्यो। र मौखिक रुपमा विव्यस अध्यक्ष जंगवीर रोकायाले तलब ११ हजार ५ सय भए पनि १२ हजार दिन्छु भनेको पनि थियो। २०७६ वैशाख देखी अब पढाउन सक्दिन म, अपहेलित भएर बस्न सक्दिन एक त तलब पनि दिनुहुन्न, उसैमाथी न्युनतम पारिश्रमिक पनि छैन भनेर भने। हुन्छ हुन्छ दिन्छु भनेरै बाध्यात्मक ढंगबाट रोक्नु भयो। पुरानो तलब लिनलाई जबर्दस्त पढाउन बाध्य भए। विव्यस अध्यक्ष जंगविर रोकायाले तलब पुरै नदिनु, पढाएर बसे मात्रै पहिलो वर्षको तलब पाउछ हैन भने पहिले पढाएको तलब नदिनु भनि प्रअलाई धम्की दिएर रोक्न लगाएको रहेछ।२०७५ चैत्र यता तलब पाएको छैन। मेरो नाममा प्रअ र विव्यस अध्यक्ष मिलेर तलब लिएको भनि कृत्य भौचर बनाएर ५ हजार दिएको मा १० हजार,१८ हजार दिएकोमा २५ हजार बनाएर पैसा खाएको दिखिएको छ। जुन कुरा प्र अ मानसिङ विष्टले स्वीकार गरी सक्नु भएको छ। (फोन रेकर्ड छ) यसरी शिक्षकलाई निजी स्रोतमा राख्दै तलब नदिएर पठाउने जंगविर प्रवृत्ति रैछ।

म जस्तै धेरैले यसरी नै स्कुल छोडेका रैछन।पुराना तलब नपाएका हरु जिउदो प्रमाण हुन।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक मिलेर विद्यालयको पैसा आफुले चलाउने तर शिक्षकलाई तलब नदिने गरेको सबैलाई प्रस्ट नै छ । यसरी नै छात्रवृत्तिको रकम हिनामिना गर्ने, स्कुलमा नपढ्ने बाहिरका विद्यार्थी हरुको पनि नक्कली सर्टिफिकेट बनाउने र पैसा लिने गरेको छ। तर शिक्षा सरोकारवाला, विनि,स्रोतव्यक्तिहरु नगरपालिका पनि यस विषयमा आखा चिम्लिदिन्छन। २०७५ चैत्र १२ गते सम्मको तलबमा रु २८ हजार तलब पाउन बाकी रहेको र त्यस पछि हाल सम्मको तलब नै दिएको छैन । २०७६ कार्तिकको अन्तिम साता निकै विरामी भए पछि उपचारको लागी काठमाडौं आएकि थिए कार्तिक २२ गते सम्म विद्यालयमा हाजिरी छु। पुसको पहिलो हप्ता तिर फर्किन्छु तलब हालिदिनुस भनेर अध्यक्ष लाई फोन गरे । उहाँले हुन्छ हाल्दिन्छु , पैसा हाल्दिन बैंक आएको छु, कहिले प्र अ रक्सी खाएर पल्टेको छ, कहिले प्र अ ले चेकमा हस्ताक्षर गरेन, कहिले के कहिले के भन्दै नियतवस काठमाडौं मै थुनेर राख्नुभयो। हिउदे विदा भयो, लकडाउन भयो अहिले सम्म काठमांडू मै रोकिएकि छु।

तलब दिनुहोस भन्दा उल्टै तपाईलाई दिनमा हाजिरी भएको दिनको हिसाब गरी तलब दिन्छु, तपाईको तलब नै बढाएको छैन, तपाईले तलब पाउनु हुन्न भन्दै मानसिक तनाब दिने गरेको छ। विव्यसले गरेका निर्णयहरु अध्यक्ष र प्रअ मिलेर नष्ट गर्न खोजिदै छ।विद्यालयबाट विव्यस वैठकमा गरेका निर्णयका रजिस्टरहरु गायव गरिएका छन।, हाजिरी रजिस्टर गायब गरिदैछन। विद्यालय को सम्पत्ति घरघरमा लगेर थन्क्याउन पाइन्छ? (तलब बढाएको निर्णय गर्ने वैठकका अन्य उपस्थित तत्कालीन प्रअ नन्दुसर,विव्यसका अन्य सदस्य कपुर विक….,कार्यरत अन्य शिक्षकहरु तारा सर, मनिचन्द्र सर हरु पनि प्रमाण नै हुन।) अझ अर्को कुरा त नगरपालिकाले तलब खुवाउने गरी नियुक्त भएका मनिचन्द्र विक सरले उक्त निर्णयको फोटो कपी पनि नगरपालिका मै पेस गरेको छ। उहाँको त्यो निर्णय संगै मेरो तलब बढाएको निर्णय पनि संगै छ। मनिचन्द्र सरको तलब बाट ५ हजार तारा सरलाई खुवाउने गरेको निर्णय पनि संगै छ। त्यो नगरपालिका बाट पनि खोज्न सकिन्छ।

तलब पाएको छैन। निकै मानसिक तनाब दिएर १०/१० महिना सम्म झुटो बोलेर धोका दिए पछि न्याय पाऊँ भनि बुढिनन्दा नगरपालिकामा उजुरी पनि गरेकी छु ।तर नगरपालिकाको कार्य पद्दति , ढिलासुस्तिका कारण उजुरी परेको झण्डै एक महिना वितिसक्दा पनि कुनै कार्य प्रक्रिया अगाडी बडेको सुचना छैन। महिला श्रम शोषण गर्न खोज्ने जंगविर,मानसिङ जस्ता पात्र माथी सरोकारवालाको गहिरो नजर पुगोस। म सिताले जस्तै अन्य महिला माथी हिंसा नदोहोरीयोस।। नेता बन्न अरुलाई धोका दिनै पर्छ झुटो बोल्नै पर्छ भन्ने जंगविर प्रवृत्ति अन्त्य गर्न जरुरी छ।
बुढिनन्दा नगरपालिका संग २०७५ माघको विव्यस को निर्णय झिकाइ,हेरी मैले पाउनुपर्ने तलब उपलब्ध गराईदिन र जंगविर प्रवृत्ति पुनः अरु कसैमाथि नदोहोरीयोस भनि विव्यस अध्यक्ष जंगविर रोकाया र प्रअ मानसिङ विस्ट लाई माफि माग्न लगाई न्याय निरुपण गरिदिन यसै मिडिया मार्फत अनुरोध गर्दछु। ।। नगरपालिकाले आफ्नो नगरपालिका भित्रका श्रमिकहरुको सुरक्षा गर्न सकोस। महिलाहरुको सुरक्षा गर्न सकोस।। धन्यवाद।

सीता तिमिल्सिना
कालिका आधारभूत विद्यालय भुल्याना, ३ (कोल्टी)
बुढिनन्दा नगरपालिका, बाजुरा

चर्चामा

सम्बन्धित समाचार