मङ्लबार, बैशाख ११, २०८१

आजको ऐतिहाशिक दिन

  • शनिबार, कार्तिक २२, २०७७
आजको ऐतिहाशिक दिन
                  सुरेशकुमार पान्डे

आज भारत स्थित श्रमजिवी नेपालीहरुको एक बर्षमा एक पटक आउँने एकप्रकारको ऐतिहाशिक दिन हो। आजकै दिन भारतको प्राचिन सहर बनारसमा एकता समाजको उदय भयको यानिकी स्थापना भयको थियो। ईतिहाश मेट्टिदैन भोलिका दिनहरुमा पनि आउँने पिडेले एकता समाजको क्रायाप्रणालि बाट शिक्षा लिनेछन।पंचायती कालो रातमा छिमेकमा आएर मज्दुरी गर्ने मज्दुरहरुले असंख्या मज्दुरहरुको हक हितको रक्षाका लागि एउटा बिध्यालय,न्यायलयको रुपमा प्रवाशी नेपालीहरु लाई एउटै शुत्रमा बाँध्ने उदेश्यले प्रेरीत भयर सात जना बुद्धीजिविहरु द्वारा एकता समाजको निर्मणा भयो।जस्ले अहिले सतौँ ऐतिहाशि अखिल भारत सम्मेलन गरिसकेकोछ।र भारत भरीका सहर हरुमा स्याना ठुला नगरहरु कार्यारतछन। श्री गोबिन्द सिहँ थापा जी को नृतित्वामा श्री रामचन्द्र शर्मा,श्री पदम राना,श्री दण्ड पाणी न्यौपाने,श्री राजू नेपाली,श्री रतन बहादुर,र श्री दुर्गाप्रसाद शर्मा हरुले सुरु गर्नु भयको नेक कार्या आज संसारका कयौँ देशहरुमा झाङ्गिदै गयकोछ। उँहाहरु मध्य केही साथीहरु आज हाम्रो माजमा हुँनु हुँदैन तर उँहाहरुले दिनु भयको आसिर्वादले हामिलाई हिम्मत दिएकोछ।उँहा हरुले देखाएको बाटो मा हामी हिँडि रहेकाछौँ।उँहाहरुले पनि आफ्नो गरिमा लाई जोगाउँन हाम्रो साथ दिनु हुँनेछ भन्ने हृदय देखिनै आश र बिस्वाश गर्दछौँ। समाज आज भारतिय भूमिमा मात्रै होईन बिस्वका कयौँ देशहरुमा झाँगिदै गएकोछ। हाम्रो कार्याप्रणाली ठिक भयरनै समाजको बिकास भयो।जनताले आर्थिक भौतीक नैतिक साथ दिएर बिकास भयको शाझा संगठन आज बिस्व बिध्यालयको जस्तै काम गर्दै आएकोछ।भारतमा बस्ने नेपालीहरुको तमाम समस्यालाई लिएर जन पक्षिय काममा ओहरात्री खट्टन सक्ने एकता समाज भारतमा छरिएर रहेका तमाम नेपाली हरुको लागि एउटा अभिभाबकको भूमिका निर्वाह गर्दै आएको छ।आज त्यही सँगठनको स्थापना दिवस भयकोले आजको दिनले बिशेष र ऐतिहाशिक महत्व राख्दछ। समाजमा संगठनको बिकास नामले होईन कामले हुँने गर्दछ।सहि समयमा ठोँश निर्णय लिएर त्यसलाई कार्यारुप दिनमा एकरुपता भयपछि त्यो काम सफल हुँन्छ र त्यसको परिणामले जनतामा प्रभाव पार्दछ।अबस्था लाई ठिक सँग मूल्यांकन गरेर निर्णय लिन सक्नु पर्छ र त्यो कार्यान्वयन हुँनसक्छ।अहिले देश बिदेशमा कोरोनाले जनता अक्रान्त छन मरेकाछन एक जना सँग आर्को वा कयौँ ब्याक्ति जुडेका हुँन्छन।जँहा सोक हुँन्छ त्यँहा खुसि हुँदैन त्यस्ले गर्दा समाजले त्यहिनुसारको निर्णय गरेर अगाडि बढ्यौँ भने त्यो कार्या सफल हुँन सक्छ। अहिलेको अबस्थामा बिगतको दिन जस्तो तिहारको बेलामा मनोरञ्जन गर्न सकिने अबस्थापनि छैन।त्यहिनुसारले संगठनले जनवादी तौर तरिका बाट स्थानिय तहमा अबस्थाको मूल्यांकन गरेर जानु पर्छ। बिगतका दिन हरुमा अहिलेको जस्तो अबस्था आएन तर हामि भैलो खेल्न जाँदा पनि कसैको छिमेकमा कुनै घटना घटेकोछ भने त्यँहा भैलो लिएर गएनौ।समाजमा यस्ता स-साना बिषय बस्तुले ठुलो महत्व राख्दछन।जेहौश हामिले अहिलेको अबस्थालाई ध्यान दिएर तिहार मनाउँ भन्ने मेरो बिचार हो। आजकै दिन समाजले भारत स्थित नेपाली र संघिय ब्यबस्था,बिषय अन्तरकृर्या कार्याक्रमको आयोजना गरेकोछ।समय दिउसोको तिन बजे छ समय मिलाएर मिल्न सक्ने शाथिहरुले त्यो कार्याक्रममा सहभागि हुँनुहोला।बिगतका दिन जस्तो आज समाजको स्थापना दिवसलाई आयोजना गरेर मनाउँन सक्ने अबस्था पनि छैन।कतिपय ठाउँमा अबस्थानुसार कार्याक्रमहरु बानाउँनु भयकैहोला। संगठन को भलो संम्झिने शुभ चिन्तकहरुले कुनै पनि कार्याक्रमहरु हरु बनाउँदा आजको बश्तुगत अबस्थालाई ध्यान दिएर बनाउँनु होला जस्बाट संगठनको गरिमामा दाग नलागोश।साथै हाम्रो संगठन सामाजिक संगठन हो जो जनवादी केन्द्रियतामा आधारितछ।त्यसको अर्थ हुँन्छ माथिल्ला नीति निर्देशन लाई बस्तुगत अबस्थाको मुल्यांकन गरेर लागु गर्ने काम हामि सँग शुरक्षित छ।त्यहिनुसारले जानु पर्छ।भित्तोमा मुट्कि बझारेर क्रान्तिकारी हुँदैनन।बिचार र ब्यबहारलाई सन्तुलित गर्न सक्नु पर्छ।संगठनको बिकास न लुकेर हुँन्छ न भुकेर हुँन्छ नढुकेर हुन्छ”भन्नेकुरालाई आत्मासाथ गरेर अगाडि बढौँ। संगठनलाई ४२बर्ष सम्म निश्कलंक बेदाग रहेर यँहा सम्म पुराउँन धेरै साथिहरुको अमूल्य परिश्रम खर्चिएकोछ।कयौँले रगत र पसिना बगाएकाछन।कयौँ आज हाम्रो बिचमा हुँनु हुँदैन,कयौँ पलायन पनि भयकाछन तर थोरै धेरै सबैको योगदान रहेको बुझ्नु पर्छ।एकता समाजका सबै संस्थापकहरु हाम्रो लागी सम्मानियछन र जुन सुकै अबस्थामा भयपनि उँहाहरुको शंझना हृदयमाछ।जस्को भौतिक सरिर ले संसार बाट बिदा लिएकोछ उँहाहरुलाई श्रद्धाशुमन गर्दै यो छोँटो लेख को बिट मार्दछुँ।जय एकता जय शंघर्ष।

चर्चामा

सम्बन्धित समाचार