शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका पाँच ओटा स्थानीय तहमा महिनाबारी ब्यबस्थापन परियोजना लागु हुने

बाजुराका पाँच ओटा स्थानीय तहमा महिनाबारी ब्यबस्थापन परियोजना लागु हुने

  • बिहिबार, कार्तिक २०, २०७७
बाजुराका पाँच ओटा स्थानीय तहमा महिनाबारी ब्यबस्थापन परियोजना लागु हुने

बाजुरा — जिल्लाका ५ ओटा स्थानीय तहमा महिनाबारी स्वच्छता ब्यबस्थापन परियोजना लागु हुने भएको छ । जिल्लाका बडिमालिका नगरपालिका गौमुल गाउँपालिका खप्तड छेडेदह गाउँपालिका बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामा सो कार्यक्रम लागु हुने भएको हो । कोरीयन सरकार कोइकाको सहयोगमा जिल्लाका ५ ओटा स्थानीय तहमा सो कार्यक्रम लागु हुने गुड नेभर्स इन्टरनेश्नलका बाजुरा कार्यक्रम संयोजक देबेन्द्र शाहले बताएका छन ।
सदरमुकाम मार्तडीमा गरिएको सो परियोजनाको परिचयात्मक कार्यक्रम मार्फत संस्थाले सो कुरा बताएको हो । जिल्लाका ५ ओटा स्थानीय तहमा रहेका कक्षा ६ देखी १२ सम्म अध्यायन अध्यापन हुने बिद्यालयका किशोरीहरुको स्वास्थ्यलाइ मध्यनजर गरि महिनाबारी ब्यस्थापन कार्यक्रम गर्ने बताएका छन ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा परियोजनाले गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो जिल्ला स्थरमा भएको परिचयात्मक कार्यक्रममा परियोजनाले छनौट गरेका स्थानीय तहका बिध्यालयहरुमा सेनेटरी प्याड ब्यबस्थापन तथा स्वास्थ्य सम्बन्धीका कार्यक्रम गर्नुका साथै खानेपानी र शौचालय समेत निर्माण गर्ने सो परियोजनाका संयोजक देबेन्द्र शाहले बताएका छन ।
बाजुरामा कोइका/गुड नेर्भस इन्टरनेश्नलको सहयोग तथा पिसवीन बाजुरा र किड्याक नेपालसंगको सहकार्यर र स्थानीय तहहरुको समन्वयमा सो परियोजना संचालन गरिने शाहले बताए ।
सन २०१३ देखी बाजुरामा काम गर्दै आएको गुड नेर्भसले यस बर्षबाट ३ बर्ष सम्म थप नया कार्यक्रम सहित उपस्थिती जनाएकोमा कार्यक्रममा सहभागीहरुले स्वागत गरेका छन । सो कार्यक्रमले बाजुरा जिल्लाको बिकाशमा टेवा पुग्ने कार्यक्रममा सहभागी गैर सरकारी संस्था महासंघका अध्यक्ष अग्नीराज शाहीले बताए ।
बाजुरा जिल्लामा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले बिकासका सवालमा धरै राम्रो काम गरिरहका छन र थप सो परियोजनाले नयाँ इटा थप्नेमा बिस्वास रहेको सहयाक प्रमुख जिल्ला अधिकारी शमिर भण्डारीले बताए ।
त्यसै गरी कार्यक्रममा बडिमालिका नगरपालिका संस्थाहरुको साथ सहयोगमा अगाडी बढ्ने त छदैछ तर पनी थप यो परियोजनाले नगरको बिकासमा सहयोग पुग्नुका साथै सस्ंथाले मागेको सहयोगमा आफु र नरपालिका तयार रहे बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।
त्यसै गरी जिल्लाको सम्रग बिकासमा संस्थाहरुको महत्वपुणर् भुमिका छदै छ थप यो परियोजनाले पनी केही नया कार्यदिशाका साथ जिल्लामा आएकोले परियोजना लागु हुने स्थानीय तहका जनप्रतिनीधीहरुले परियोजनालाई सहयोग गरेर अगाडी जान समन्य प्रमुख नरेन्द्र कुमार रोकायाले सल्लाह दिएका छन । संस्था भनेकै सरकारका सहयोगी निकाय भएकोले कोही कसैले फरक ढगंबाट नबुझ्न समेत प्रमुख रोकायाले आग्रह गरेका छन ।
बडिमालिका नगरपालिकाको सभा हलमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, सहयक प्रमुख जिल्ला अधिकारी शमिर भण्डारी लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनधी पत्रकार लगायतको उपस्थिती रहेको थियो । समन्वय समिति बाजुराका खरिदार गौरी कान्त संज्यालले संचालन गरेको कार्यक्रममा पिसवीन बाजुराका कार्यक्रम संयोजक धर्म रोकायाले स्वागत गरेका थिय भने परियोजनाको बारेमा गुड नेर्भस इन्टरनेश्नलका कार्यक्रम संयोजक देबेन्द्र शाहले प्रस्तुतीकरण गरेका थिय ।

चर्चामा

सम्बन्धित समाचार