बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका कानून मन्त्री शाहले भने –कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु

सुदूरपश्चिमका कानून मन्त्री शाहले भने –कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु

  • शनिबार, कार्तिक १५, २०७७
सुदूरपश्चिमका कानून मन्त्री शाहले भने –कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कोरोनालाई परास्त गरेर छिट्टै काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि प्रतिक्रिया दिदै मन्त्री शाहले भने, ‘मेरो स्वास्थ्यमा खासै समस्या छैन् । कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किनेछु ।’ दशैँ मनाएर बाजुराबाट फर्किएका मन्त्री शाहले सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराएको बताउँदै अहिले स्वास्थ्य समस्या नरहेको बताए ।

मन्त्री शाहकी पत्नि लक्ष्मी भट्ट शाहलाई समेत संक्रमण पुष्टि भएको छ, भने मन्त्रीका साला र सवारी चालकलाई पनि संक्रमण देखिएको छ । उनीहरु अहिले धनगढीस्थित सरकारी निवासमै सेल्फ आईसोलेसनमा बसेका छन् । यसअघि करिब १५ दिन अगाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयका सवारी चालकमा पनि संक्रमण देखिएको थियो ।  #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार