शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

  • शनिबार, कार्तिक १५, २०७७
करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् ।

बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए । त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उनको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उपशाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार