शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नरेन्द्र बिष्टकाे कुनै गुनासो छैन ( गजल)

नरेन्द्र बिष्टकाे कुनै गुनासो छैन ( गजल)

  • बुधबार, कार्तिक १२, २०७७
नरेन्द्र बिष्टकाे कुनै गुनासो छैन ( गजल)

खुसी भएर होइन की खुसी बनाउनुपर्छ भनेर दौडियो!
खै के प्रेमी हो भर्खरै श्रृङ्गारको सामान लिएर दौडियो!!

कुनै गुनासो छैन, बटुवा रहेछ, चौतारी सोच्यो होला!
यो शितल दिलमा,”ऊ”थकानको भोक मारेर दौडियो!!

दृश्य बुझ्नुस्,आत्महत्या गर्न भीरमा पुगेको मान्छे नि!
जिन्दगी बुझि,नकारात्मक सोचलाई घचेटेर दौडियो!!

अब बढी भन्दा बढी क्षति नहोला पनि कसरी भन्नुँ!
नदी जस्तो प्रेम उसले दुई चार घन्टा रोकेर दौडियो!!

कुरा उल्टा भो, कसले चोर्यो समय के भनेको थिए!
एउटा मान्छे भिताको घडी भित्तामै राखेर दौडियो!!

चर्चामा

सम्बन्धित समाचार