शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मूर्ति विसर्जन गर्न गएका बालक नदीमा बेपत्ता

मूर्ति विसर्जन गर्न गएका बालक नदीमा बेपत्ता

  • बुधबार, कार्तिक १२, २०७७
मूर्ति विसर्जन गर्न गएका बालक नदीमा बेपत्ता

बडादसैँ समाप्तिसँगै दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता भएका छन् ।
प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए ।

मूर्ति विसर्जन पश्चात सामूहिक रुपमा नुहाईरहेका भुवाल कुर्मी, मनोज लोध र मुकेश चौधरी डुब्न लाग्दा कुर्मी र लोधलाई उद्धार गरिएको सशस्त्र प्रहरी बेस क्याम्प दुई मुहानका प्रमुख सहदेव सापकोटाले जानकारी गराए । तर चौधरीलाई भने फेला पार्न नसकिएको उनको भनाइ छ ।

दानव नदीमा डुंगा र गोताखोर मार्फत जाल प्रयोग गरी चौधरीको खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको सापकोटाले बताए ।
दानव र तिनाउनदीको संगम दुई मुहान घाटमा मर्चवार लिफ्ट सिंचाई योजनाका लागि पानी पम्पिङ्ग गर्ने ठाउँमा निकै गहिराई छ । नदीको गहिराई थाहा नपाएर नुहाउन गएका चौधरी पौडी खेल्न नजान्दा डुबेको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार