शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रेमिकाको विषयमा झगडा हुँदा साथीको हत्या, दुई भारतीय नागरिक पक्राउ

प्रेमिकाको विषयमा झगडा हुँदा साथीको हत्या, दुई भारतीय नागरिक पक्राउ

  • आइतवार, कार्तिक ९, २०७७
प्रेमिकाको विषयमा झगडा हुँदा साथीको हत्या, दुई भारतीय नागरिक पक्राउ

काठमाडाै–भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको हत्या भएको प्रहरीले जनाएको छ।

उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो। शव फेला परेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको कमान्डमा टोली खटिएको थियो।

हुसैनको टाउको र अनुहारमा चिन्न नसिकने गरी चोट लागेको थियो। पहिले उनको सनाखत भने भइसकेको थिएन। पछि प्रहरीले दुई वटा तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको थियो।

महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले अनुसन्धान गर्दा उनी सोही ठाउँको दुवाल मेटल कारखानमा पित्तलको भाँडा बनाउने काम गर्ने खुलेको थियो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस घटनामा संलग्न देखिएपछि उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरू दुवै जना हुसैनसँगै कारखानामा काम गर्थे। प्रहरीले उनीहरू दुवैलाई नियन्त्रमणमा लिई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा उनीहरूको कोठामा प्रहरीले खनतलासी गरेको थियो। जहाँबाट रगत लागेको लुगा र जुत्ता फेला परेको थियो।

प्रवक्ता गिरीका अनुसार उनीहरू तीनै जना शनिबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी बेलुकी ९ बजे कारखाना फर्किने क्रममा नरकटघारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो। हुसैनले प्रेमिकाको विषयमा अनुचित बोलेपछि झगडा भएको थियो।

‘प्रेमिकालाई कोठीमा पुर्‍याइदिन्छु भनेर अनेक भनेछन्, त्यसैले उनीहरूले हत्या गरे,’ प्रवक्ता गिरीले भने। सोही बेला खान र अन्सारीले हुसैनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएका थिए। साथै उनीहरूले हत्या गरी उक्त शवलाई खोल्सालाई फालेर गएका थिए। पोष्टमर्टमको लागि शव भक्तपुर अस्पतालमा राखिएको छ। #सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार