बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • रिपब्लिक टिभीका चार पत्रकारबिरुद्ध एफआईआर

रिपब्लिक टिभीका चार पत्रकारबिरुद्ध एफआईआर

  • शनिबार, कार्तिक ८, २०७७
रिपब्लिक टिभीका चार पत्रकारबिरुद्ध एफआईआर

रिपब्लिक टिभी न्यूज च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको छ । मुम्बई प्रहरीले कथितरुपमा प्रहरीको बदनाम गरेको मामिलामा च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको हो । यस मामिलामा प्रतिक्रिया दिँदै रिपब्लिक टिभीले यसलाई ‘मिडियाको अधिकारमाथि हमला’ बताउँदै ‘मजबुत रणनीति’ साथ लड्ने बताएको छ ।

यसअघि टेलिभिजन रेटिङ प्वान्ट (टीआरपी) सँग कथित छेडछाड गरेको मामिलामा पनि रिपब्लिक टिभीको नाम आएको थियो । गत ८ अक्टोबरमा मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले पत्रकार सम्मेलनमा मुम्बईका केही न्यूज च्यानलले दर्शकलाई पैसा दिएर च्यानलको टीआरपी बढाइरहेको आरोप लगाएका थिए ।

यस मामिलामा रिपब्लिक टिभीसहित महाराष्ट्रका दुई साना च्यानलको नाम आएको थियो । यसमा चार जनालाई पक्राउ पनि गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार