बिहिबार, माघ १५, २०७७
  • होमपेज
  • समाज
  • सारङ्गी नबज्दा दशै खल्लो

सारङ्गी नबज्दा दशै खल्लो

  • शुक्रबार, कार्तिक ७, २०७७
सारङ्गी नबज्दा दशै खल्लो

बाजुरा–सारङ्गीको साहरामा बाँचेको चन्द्र बहादुर गन्दर्भको परिवार यतिबेला समस्यामा छ । बुढिगंगा नगरपालिका ७ बाह्विसका चन्द्रबहादुर उमेर ढल्कीएसँगै सारङ्गी रेट्न नसक्ने भएका छन् । गाउँ–गाउँमा गएर सारङ्गी रेट्नु र सुन्ने जतिले दिएको अन्नपातबाट परिवार पाल्न उनको दैनिकी थियो । आरोलो लागेको उमेरसँगै गाउँमा धाउने र सारङ्गी रेट्न सक्ने अवस्था चन्द्रबहादुरको छैन्,। जसका कारण सिंगो परिवार समस्यामा छ ।
गाउँमा दशै र तिहारको रौनक छ । छिमेकीले राम्रो र मिठो मसिनो खान थालेका छन् । छिमेकीका बालबालिकाले नयाँ नयाँ लुगा कपडा पाएका छन्, तर चन्द्रबहादुरका २ सन्तानलाई अरुकै खुसी हेरेर बाँच्नु पर्ने बाध्यता छ । ६० काटेका चन्द्रबहादुर शारिरीक अस्वस्थ्यका कारण थला परेका छन् । गएको चार महिना यता उनको सारङ्गी दैलो बाहिर निस्केको छैन् । श्रीमति बाटुली पनि मानसिक रुपमा अपाङ्ग छिन् ।
बस्ने घर बाहेक जमिन छैन् । साथमा रहेकी श्रीमति गरीखाने अवस्थाकी छैनन्, ओछ्यान नै उनकी साहारा हो । आम्दानी गर्ने अर्को श्रोत छैन्, बाबाको सारङ्गी रेटीन छोडेदेखि पुरा पेट खान नपाएको गुनासो जेठो छोराले गरे । दुबै दाजुभाई विद्यालय जाँदैनन् । आर्थिक अभाव पहिलो कारण हो, चन्द्रबहादुरले भने । सारङ्गी बजाउने सिप छोडेर जाने इच्छा छ, अब पुरा नहुने भयो, चन्द्रबहादुरले भने ।
सारङ्गी बोकेर विहानीको झिसमिसेमा गाँउ जानु र साँझ घर फर्किनु उनको दैनिकी थियो, सारङ्गी मीठो बजाउँथ्ये, गाउँलेले दिएको अन्नबाट परिवारको गुजारा चलेको थियो, विरामी भएदेखि गाउँ आउन छोडेको स्थानीय दिपक विष्टले बताए । सम्पतिको नाममा त्यही वर्षौ पुरानो काठको सारङ्गी रेटेर घरघरबाट मागेको अन्नले परिवारको गुजारा चल्ने गरेको थियो, आफै नसक्नेभएपछि त्योपनि सकियो, उनले मिलन स्वरमा भने ।
सारङ्गीको धुन र मिठो स्वरबाट प्रभावित गाउँलेहरुले उनलाई रुपैया र पिठो चामल दिने गरेका थिए । सम्पत्तिको नाममा एक ढिक्का पनि नभएका चन्द्र बहादुरको जिबिकोपार्जन गर्नको लागि सारङ्गि बाहेक अर्को विकल्प छैन । बस्नको लागि पनि उनले अर्काको जग्गामा छाप्रो बनाएका छन् । पुस्तौदेखि माटोको सुल्पा बनाएर गाउँ गाँउमा गएर बिक्रि गरेर आफ्नो जिविका गर्थे बिस्तारै तमाखु खानेको संख्या कम हुदेै गएपछि सारङ्गी रेट्न थालेका थिए ।
उनी सारङ्गी बोकेर स्थानीय बजार बेतालमाडौं, रिठाबजार, बार्जूगाड अछामको साँफेबगर र नजिकै रहेका कल्ुदेबमाडौं, तोली, छतारा, जयबागेश्वरी गुदुखातिसम्म पुग्ने गथ्र्ये । यतिबेला घर बाहिर जाने अवस्था चन्द्रबहादुरको छैन् । सम्झीन्छन् । दशै होइन दशा आयो । हामीलाई पढ्न मन लाग्थ्यो, गरीब भएकै कारण पढ्न पाएनौं, छिमेकीको जत्तीकै सुखी र रमाईलो सकिनसकी बाबाले दिनु हुन्थ्यो, यो दशैमा त्यो पनि नहुने भयो, उनका जेठा छोरा हर्क गन्धर्वले रुदै दुखेसो पोखे ।

चर्चामा

सम्बन्धित समाचार