शनिबार, बैशाख १५, २०८१

लघुकथा-ब्यापार!

  • शुक्रबार, कार्तिक ७, २०७७
लघुकथा-ब्यापार!

हामिले धेरै पटक कसोसि गय्रौँ र कयौँ पटक हामि सफल हुँन सकेनौ त्यसको हामिलाई खेद छ र दुःख लाग्छ!भगुवा रंगको आस्कोट लगाएको मसिनो सेतो दारी पालेको ब्याक्तिले आफ्ना आसे पासे लाई सम्झाउँछ।
सबै ले गौर सँग सुनेका हुन्छन कसैले चुँ समेत गरेको छैन मात्र टाउका हल्लाएर नतमस्तक भएको संकेत गर्छन।नजिकै एउटा ढाका टोपी लगायको ब्याक्ति पनि बसेकोछ!उस्ले गम्भिर भएर एउटा नोट बुकमा केही लेख्दैछ।
“साहिद त्यो नव लैण्डुव हुँनु पर्छ”उसै तिर त्यँहा बसेका धेरै जसो ब्याक्तीहरुको नजर थियो तर उस्को त्यो आदेश कर्ता तिर अनुहार भय पनि झुकेको नजर साफ देखिन्थ्यो।तर हामि असफल मात्रै होईन कयौँ बिषयमा सफल पनि भयकाछौँ!त्यो सेतो दारीवालाले भन्न सुरुगर्छ।
हामिले२००७साल देखि लगातार कोसिश गय्रौ त्यँहा कट्पुत्ती सरकार बनाउँन त्यस बाट फाईदा त भयो त्यँहाको कच्चा पदार्थ सस्तो ल्यायर महेँगो सपलाई गर्छौँ।त्यँहा बिका भयो भने हाम्रो अन्धाधुन्द भयको उत्पादन काँहा बेच्ने?तर जति सोँचेका थियौँ त्यती हुँन सकेन।त्यँहा निर्दलिय ब्यबस्था हाम्रै ईसारामा हाम्रै सहयोगमा रहेको थियो जब उस्ले हामि सँग आँखा देखाउँन थाल्यो र तेस्रो मुलुक तिर ब्यापार गर्ने योजना बनाउँन थाल्यो हामिले२०२७सालमा त्यँहा आर्थिक नाका लगायौँ अनि जब सम्म उ झुकेन त्यो नाका रहिरह्यो।पछि २०४५मा फेरी हामीले भनेको मानेन र आर्थिक नाका मात्र लगाएनौ बल्कि अन्तराष्ट्रीय सन्धि समेतलाई हामीले मिचेर देखायौँ हामिले छिमेकी होईन त्यसलाई हाम्रै एउटा अङ्ग मानेकाछौँ।
उस्ले हामी सँग नसोधेर केही गर्ने हिम्मतनै गर्नुहुँदैन हामिलाई सोधेर मात्र केही काम गर्नु पर्छ।त्यँहाको सम्बिधान हाम्रो अनुकुल भयन र सक्या सम्म हामिले चाहेको जस्तो गर्न प्रयात्न गर्नु पर्छ।हामीले सम्बिधान लाई समर्थन गरेकै छैनौँ,पहिले शान्ति क्षेत्र उस्ले घोषणा गय्रो त्यो पनि हामिले समर्थन गरेनौ।तर अहिले फरकछ।
पछिल्लो पल्ट पनि हामिले ठुलो कोसीश गरेका थ्यौँ हाम्रो गृह मन्त्रि समेत त्यहाँ गएर ग्रजिनु भएको थियो।त्यँहा हाम्रै देशका हाम्रा एजेन्टहरु छन।सडक बाट सदन सम्म हाम्रा मान्छे छन तरपनि हामिले चाहे जस्तो हुँन सकेको छैन।यदि एक मदेश एक प्रदेश गराउँन सके हाम्रो भाग्यानै खुल्थ्यो,त्यो हुन सकेन।काफि हद सम्म त्यँहा संघियताले हामिलाई फाईदा पुगेकोछ र त्यसैमा टेकेर हामिले जो जति सक्किन्छ आफ्नो अधिनस्त गर्नु पर्नेमा उल्टै त्यँहाको सरकारले नयाँ नक्सा जारी गरेर हामिलाई चैलेञ्ज गरेकोछ।अहिलेको हाम्रो मिसन त्यो नक्साको बिरुद्धमा त्यस्लाई रद्ध गर्ने हुनु पर्छ!भन्दै उस्ले आफ्नो प्रतिक्षाण लाई एकछिन रोक्छ।
गिलास मा पानी सबैको अगाडी राखेर भर्खर एउटा बर्दिधारी गयो उनिहरु मध्यका कयौँले पानी पिउँछन।उस्ले पनि गिलास उठाएर सबै तिर आफ्नो दृष्टी घुमाउँछ।गेटमा उभियका राईफल धारीहरु केही नसुनेको जस्तै आफ्नो डिप्टीमा सचेत देखिन्छन।अब तपाई छिट्टै गएर बुझ्नु पर्छ र त्यँहाको बाताबर्ण सहज बनाउँनु पर्छ भन्दै ‘रअ’प्रमुकलाई ईसारा गर्छ।उनि नेपाल जानको लागि तयारी गर्छन।नव लैण्डुवलाई सबै सम्झाएर बेग दिन्छ,सम्भाबित उस्को दँशैको खर्च हुँन सक्छ।दश जना जति नेपाल भित्रिएका छन काठ माण्डौ का पाँच तारेहरुमा उनिहरु मध्य कतिपय शासक प्रमुखहरु को भेट हुँन्छ।सेना प्रमुख छिट्टै भित्रिने शंदेश र योजना नुसारका कार्याहरु लाई अमलिजामा पहिराउँने आदेश भयकोछ।
देशमा अहिले बड्तो कोभिडले कहर ढाएको परिस्थितिमा पनि यो आर्को दसै तिहारको कोसेली लिएर नेताहरुलाई किन्ने योजनाछ।
मिसन “रअ”?द्वारानै नेता किन बेचको ब्यापार हुँदै आएको ईतिहाश जनताको सामुन्ने छर्लङ्गैछ।

चर्चामा

सम्बन्धित समाचार