शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अतीत आचार्यकाे (गजल) एउटा पागल

अतीत आचार्यकाे (गजल) एउटा पागल

  • शुक्रबार, कार्तिक ७, २०७७
अतीत आचार्यकाे (गजल) एउटा पागल

एउटा पागल!कसैकाे तस्विर लिएर हिँडेकाे छ
ओठमा मुस्कान मनमा पिर लिएर हिँडेकाे छ

उनका जिद्दि यादहरु दिमागबाट निकालेर सुख पाईन
मनले आखिर भावनाहरुकाे जन्जिर लिएर हिँडेकाे छ

कारण बुझेँ!जन्तिभन्दा बढि उसका मलामि हुनुकाे
अन्जान कफन!आज एउटा अमिर लिएर हिँडेकाे छ

कति निस्वार्थ हुन्छन्!कहिल्यै छुट्टिन नसक्ने सम्बन्ध
खाेलाले आफुसँग सँधै !तिर लिएर हिँडेकाे छ

कसैलाइ रुवाउँदाे रहेछ!कसैलाई हँसाउदाे रहेछ प्रेमले
साँचाे प्रेमि!आत्माबिनाकाे शरीर लिएर हिँडेकाे छ।

अतीत आचार्य
देवचुलि -१३ ,नवलपरासी

चर्चामा

सम्बन्धित समाचार