शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लिश्नो (लघुकथा)

लिश्नो (लघुकथा)

  • सोमवार, कार्तिक ३, २०७७
लिश्नो (लघुकथा)
                 सुरेशकुमार पान्डे।

छिमेकको राजधानीमा ठुलो जुलुस राता-राता झण्डा देखेर मोटे जुलुस तिरै लाग्छ।जुलुसमा आफु जस्तै गरीब मज्दुरहरु देखेपछि उ धेरै प्रभाबित हुँन्छ।ओहो यँहा त कयौ चिनेकापनि रैछन,गाउँका बिर्खे दाई पनि त रैछन!उस्लाई आफ्नै चिने जानेका देखेपछि जुलुसपनि आफ्नै जस्तो लाग्यो।नमस्ते दाई!मलाई चिन्नु भैन?म मोटे नजीकै होटेलमा काम गर्छु मैले!भन्दै बिर्खे को नजिक जान्छ।यह हो तिम्लाई किन नचिन्ने गाउँले भयरपनि!भन्दै बिर्खेले अँगालो हाल्छ।बिर्खे प्रवाश साखाको ईञ्चार्ज थियो,उस्ले मोटेलाई खुट्टा बाट टाउका सम्म नियाल्दै!मोटे भाई कति छिट्टै ठुलो भयको अनि यति हट्टा कट्टा कति दिएकोछ तलब?भन्दै उस्ले मोटेको काँधमा हात राख्छ।दिन्छ दाई खाई प्याई मैनाको पन्द्र हजर!मोटेले साँचै बताउँछ।होर?तलब पनि राम्रै रैछ त अनि हाम्रो संगठनमा सामिल भयकाछौ?उस्ले प्रश्न गर्छ।आज बल्ल देखेको दाई मैले।होर?केहि छैन तिमिले मलाई ठेकाना दिउ म आउँला तिमि बस्ने ठाउँमा भन्दै एउटा पुस्तक दिन्छ।उस्को बोल्ने सैलीमा न्रमता थियो।बिर्खे लाई अथितिको को रुपमा निम्ताउँछन।मञ्चमा पुगेर उस्ले मञ्चबाट भाषण छाँट्छ उस्को भाषणमा पनि उस्तै दम थियो।बिर्खेका उग्र बिचारले झनै मोटेलाई प्रभाब पाय्रो।मोटेले अब यो समाजमा प्रवेश गर्ने निधो गर्छ।
केहि दिन पछि बिर्खेको फोन आउँछ र आफु आउँन थालेको भन्दै सुनाउँछ।यता मोटेपनि खुसि हुँन्छ,होटेलका स्टाफहरु सबैलाई उस्को बारेमा भन्छ।त्यो दिन होटेलको पनि छुट्टि थियो केहि जना आफ्नो कोठामा तैयार भयर बसेका थिए।बिर्खे मोटेको कोठामा पुग्छ त्यँहा पहिलेई देखि तैयार भयर बसेका युवाहरुको सक्रियता देखेपछि बिर्खे हर्षित हुन्छ।मोटेले सबैलाई तैयार पारेको थियो।
बिर्खेको राम्रो स्वागत र सत्कार गर्छन सबै मिलेर।कयौँ गाउँकै केटाहरु थिए।बिर्खेका कुराहरु बाट उनिहरु प्रभाबित हुन्छन।सबैले सदस्य लिन्छन अनि एउटा नया समिति बन्छ।
गाउँका लडाकु जुझारु युवा टोलीको निर्मण गर्न बिर्खे तैयार हुन्छ।गरीबहरुलाई देशमा कृर्षी क्रान्ति भय देश बिकाश हुन्छ अनि आफ्नै देशमा आफुले काम पाईन्छ आर्काको देशमा आउँनु पर्दैन यस्तो बिचार बाट हरकोई प्रवाशी नेपाली प्रभाबित हुन्छन।
बिर्खेको पृष्ठभूमी जे स्तो भयपनि देशको अबस्था लाई परिवर्तन क्रान्तिको बाटो हिँडेपछि मात्र हुन्छ भन्ने बिचार बाट उनिहरु प्रेरित भयकाथिए।
मोटे यो टिमको सबै भन्दा बलियो नौजवन थियो।उ फुर्तिलो लडाकु निडर युवा भयकोले प्रतेक कार्याक्रमहरुमा उसैको माग हुन्थ्यो उ स्वायम सेवकको जिम्मा मा खेटेकै हुन्थ्यो।दिन बित्दै गए संगठनको कामको बढी जिम्माले गर्दा होटेलमा काम गर्न न सक्ने भयो र त्यो होटेलको नोकरी पनि छुट्यो।अब उस्ले संगठनको झोला बोक्छ।राजनीतिक रुपमा भन्दापनि उस्लाई स्वाय सेवककै बढी जानकारी थियो।बिर्खे उस्को गाडर भयकोले बिर्खेले बिस्तारै उस्लाई आफ्नो पकडमा राख्न थाल्यो।
एकदिन मोटेको जिवनमा एउटा एस्तो मोड आयो बिर्खेले पार्टीमा राजनीतिक बिचार नमिलेको र अब उस्ले छुट्टै पार्टी बनाउँने बिचार ल्यायो।अब मोटेलाई कि बिर्खे कि संगठन चुन्नु पर्ने भयो।एकातिर चर्का नारा तुरुन्तै क्रान्ति समपन्नता का सपना अर्को तिर अहिले त्यो बिचार ठिकहोईन अहिले समय छैन जस्ता कुराहरुले मोटेलाई बिर्खेकै लाईन ठिक लाग्यो।
मोटेले आफ्नो पुरै टिम बिर्खे तिर लग्यो किनकी उनिहरुलाई राजनीति भन्दापनि ब्याक्तिको बढी प्रभाब थियो।बिर्खेले त्यहिरुपमा उनिहरुलाई गाईड गर्दै आएको थियो।उस्को सुरुदेखिनै अवसरबादी बिचार हुन्थे जस्लाई मोटेहरुले बुझ्न नसक्दा उनिहरु त्यो बिर्खेको जालमा पर्न पुगे।
देशभित्र जनयुद्ध को नाम मा बन्दुक पड्काउँन थाले बिर्खे भूमिगत भयो।मोटेहरुलाई कथित जनयुद्ध को कमान दियो।बिर्खेको आदेशमा मान्छे मार्ने बैँक लुट्ने आदी कामहरु भयो।
एकदिन मोटेलाई चारै तिर बाट प्रसाशनका सैनिकले घेराहाल्छन।अनि उस्लाई तड्फाई तड्फाई मार्न थाल्छन अब उस्का साथिहरु कोई थिएनन।खुट्टामा कयौ गोलि ले छिया छिया भयको थियो तड्पेको थियो पालै पालो सेनाले उस्को सरिरको छाला निकाल्दै फाल्दै मासु काटेर फाल्ने गरे उ झुक्दै छझुकेन उस्लाई दुईदिन सम्म यस्तै तड्फाए उस्ले केहि बताएन अनि उस्लाई मारे।उस्को आँखामा पछुतो थिएन मुहारमा उदासिन थिएन किनकी उस्लाई क्रान्तिको लागि मर्ने रहर थियो।उसलाई कत्तिपनि यैसाश भैन बिर्खेले उ र उजस्तै हजारौँ युवाहरु को जिन्दगिमा आफ्नो मन्त्रि बनेर बस्ने योजना बनाएको थियो।मोटे जस्तालाई लिश्नो बनाएको थियो।बिर्खे स्वर्गको अनुभुति रसतालमाछ उता मोटेको छोरा त्यहि होटेलको रसोई घरमा बाल मज्दुर बनेर भाँडा माज्दैछ आफ्नो र आफ्नो बाबाको जिम्मा पुरागर्न।१९-१०-२०२०,(कथा काल्पनिक हो यसको कसैको जिवन सँग सरोकार छैन।कसैको जिवन नाम सँग मिल्न गयमा सञ्जोग मात्र हुनेछ।)

चर्चामा

सम्बन्धित समाचार