शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वमन्त्री यादवको निधन

पूर्वमन्त्री यादवको निधन

  • आइतवार, कार्तिक २, २०७७
पूर्वमन्त्री यादवको निधन

पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए ।

सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।

पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनी मधेशी नागरिक समाजका अध्यक्षको हैसियतामा विभिन्न समाजिक कार्यमा समेत संलग्न हुँदै आएका थिए । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ । उनका एकजना छोरा र एकजना छोरी छन् ।

चर्चामा

सम्बन्धित समाचार