शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ४० औँ बिश्व खाद्य दिवस बाजुरामा पनी मनाइयो

४० औँ बिश्व खाद्य दिवस बाजुरामा पनी मनाइयो

  • शुक्रबार, अशोज ३०, २०७७
४० औँ बिश्व खाद्य दिवस बाजुरामा पनी मनाइयो

बाजुरा — हाम्राे पहल दिगाे कृषि पाेषिलाे अाहार भन्ने मुल नाराका साथ बाजुरामा पनी ४० औँ बिश्व खाद्य अधिकार दिवस मनाइएकाे छ । ४० औँ बिश्व खाद्य दिवसका अबसरमा बाजुरामा पनी बिबिध कार्यक्रम गरी खाद्य अधिकार दिवस मनाइएको हाे । दिवसको अवसरमा उपभोक्ताको खाद्य अधिकार र खाद्य सुरक्षा विषयका सवालमा छलफल तथा बिभिन्न निकायले गरेका कामहरुको बारेमा जानकारी गराइएको थियो ।
कृषी ज्ञान केन्द्र बाजुराको आयोजनामा गरीएको सो कार्यक्रममा ज्ञान केन्द्र बाजुरा र सो क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुले गरेका कामहरुको बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा जिल्लाको कृषी क्षेत्रको बिकाश कसरी गरिदै छ भन्ने बिषयमा जानकारी गराइएको थियो ।

Image may contain: 5 people, including बसन्त बिश्वकर्मा and Prakash Singh, people sitting and people standing
कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा संचालन भएको कार्यक्रममा जिल्ला स्थित बडिमालिका नगरपालिका, बिश्व खाद्य कार्यक्रम, खाद्य अधिकार संजाल बाजुरा, पिसविन बाजुरा, गिफ्ट बाजुरा, एचआरसी बाजुरा, फियान नेपाल, साहस नेपाल, याक नेपाल, आइएनएफ नेपाल, महिला बिकास मन्च बाजुरा र बाजुरा कृषी संजालको सहयोगमा सो कार्यक्रम संचालन गरिएको खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताएका छन ।

Image may contain: 3 people, people standing and indoor
उपभोक्ताको खाद्य अधिकार र खाद्य सुरक्षाजस्तो राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा विषयमा सरकारको विशेष ध्यान र निगरानी रहनुका साथै आमजनता पनि चनाखो तथा सतर्क रहनु आजको आवश्यकता रहेको जिल्ला खाद्य अधिकार संजालका संयोजक मदन जैशीले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका थिए । सन् १९४५ मा स्थापित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ध्येय पनि विश्वमा विद्यमान भोकमरी निर्मूल पार्ने र खाद्य सुरक्षामा ध्यान दिँदै पर्याप्त स्वस्थकर कृषि उत्पादनबाट मानिसलाई आवश्यक पोषणतत्व उपलब्ध गराउनु भए पनी जिल्लाका स्थानीय तहहरुले सो क्षेत्रमा लगानी नगरेको संयोजक जैशीले बताए
खाद्य सुरक्षास्तर तथा निगरानी प्रणालीलाई सञ्चालन गरी खाद्य सुरक्षा सुनिश्चितता तथा आमनागरिकको स्वस्थ जीवनलाई अझै सुदृढ बनाउन कामहरुलाइ अगाडी बढाएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएका छ कृषि उत्पादनमा जोड दिइ खाद्य सुरक्षाको जोखिम हटाउन कृषि ज्ञान केन्द्र बाजुराको अबधारण रहेको कार्यालय प्रमुख सिजापतीले बताएका छन । कृषिजन्य उत्पादनमा स्थानीय तहको चासो नगएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख सिजापतीले बताए ।

Image may contain: one or more people, people sitting and indoor

कृषी ज्ञान केन्द्रका कार्यालय प्रमुख गोबिन्द्र सिजापतीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति उप प्रमुख सुनिता मिजार रहेकी थिइन ।
ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशीले संचालन गरेको कार्यक्रम बिषिस्ठ अतिथि बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट, सो नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक लगायतको उपस्थिी रहेको थियो ।  सोही कार्यक्रममा दुइ जना एकल महिलालाई खाद्यन्न समेत सहयोग गरिएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधि पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार