शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समस्या सरकारको ब्यबहारले (गजल)

समस्या सरकारको ब्यबहारले (गजल)

  • बिहिबार, अशोज २९, २०७७
समस्या सरकारको ब्यबहारले (गजल)

समस्या सरकारको ब्यबहारले उप्जायो,
नेताहरुको सडे को किरदारले उप्जायो।

जनता खाडीमा नेता गाडीमा मोज गर्दा,
देशमा नजायज रिणकै भारले उप्जायो।

भन्छन जन्मिदै चालिस हजार गिप्ट रिण,
अर्को बाँच्ने न भएको आधारले उप्जायो।

सदियौँ बसे अखण्ड देशको छत छायाँमा,
आज बिखण्ड दुष्टको औजारले उप्जायो।

हो छिमेकि सँग मित्रता त राख्नै पर्ने हुन्छ,
सिमाना मा नभएको तार-बारले उप्जायो।

देशले काँचुली फेर्न थालेको थियो बिस्तारै,
समस्या सत्ता खोस्ने त्यो हतारले उप्जायो।

हो सेते ले देखि रहेकोछ हैकम वादी दमन,
समस्या बिस्तार वादी हथियारले उप्जायो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार