शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सियोनालाई गम्भीर समस्या: उपचारमा २५ करोड लाग्ने

सियोनालाई गम्भीर समस्या: उपचारमा २५ करोड लाग्ने

  • बिहिबार, अशोज २९, २०७७
सियोनालाई गम्भीर समस्या: उपचारमा २५ करोड लाग्ने

काठमाडौ– मानिस जन्मिदै कस्तो भाग्य लिएर आउँछ त्यो कसैलाई थाहा छैन । नानी सियोन श्रेष्ठ अहिले मात्र १३ महिनाकी भइन् । उनकी आमा एलिना गुरुङ् पेसाले नर्स हुन । बाबु डा. सन्दिप श्रेष्ठ आफैमा वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनले विशेषज्ञताले हज्जारौ नानी बाबुहरुको जीवन रक्षा भएको छ । उनी छोटो समयमा नै हरेक नेपालीको मनमा बस्न सफल चिकित्सकमा पर्छन् ।

तर भाग्यको खेल उनकै छोरी सियोना श्रेष्ठमा जन्मजात वंशानुगत लाग्ने रोग SPINAL MUSCULAR ATROPHY (SME-1) लाग्यो । यो रोग भएपछि बच्चाका अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्यु हुने जस्ता लक्षण देखिन्छ । यो अत्यन्तै खर्चिलो रोग हो । यसको उपचारका लागि करिब २५ करोड रुपैया लाग्दछ ।

यसको उपचार अमेरिका लगायत उच्च विकसित देशका ठूला अस्पतालमा मात्र सम्भव छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगि उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । तर परिवारले आफ्नी छोरी बचाउन हिम्मत हारेन ।

उनीहरुले विश्वभरीका मानिसहरुलाई सहयोगको अपिल गरे । अहिले उनीहरुलाई झण्डै साढे २ करोड सहयोग मिलिसकेको छ । तर यो १ करोडको विषय मात्र हैन । कम्तिमा २५ करोड रकम पुर्याउनु सामान्य कुरा छैन । यसैले उनीहरु नानीको जीवन रक्षाका लागि सबैसँग अपिल गरिरहेका छन् ।

उनीहरुको अपिललाई विश्वभरीका मानिसहरुले स्वीकार गरिरहेका छन् । चर्चित बलिउड सेलिब्रेटी जरिन खानले समेत नानीको उपचारका लागि आफ्नो अफिसियल पेजमा पोष्ट गर्दै अपिल गरेकी छिन् ।

तर उनीहरुलाई जतिसक्दो अझै करोडौ सहयोग अति छिटो जरुरी छ । उनकी आमाले अक्टोबर १२ मा पोष्ट गरेकी छिन् । आज हाम्री छोरो १३ महिनाकी भइन् । अब हामीसँग १ महिना मात्र बाँकी छ । निश्चित समयभित्र उपचार गरिसक्नुपर्नेछ । रकम अझै अभाव छ ।

त्यो निश्चित समयसम्म हामीले रकम जुटाउन सकेनौँ भने फेरी के हुन्छ ? यो सम्झिदापनि भक्कानो छुटेर आउँछ । अब फेरी अर्को जन्मदिन कस्तो हुने हो । छोरीको हड्डी र मांशपेशीहरु कमजोर बन्दै गएका छन् । हेर्दा हेर्दै अत्यन्तै कजोर बनिरहेकी छिन् । हरेक क्षण आँशु मात्र आउँछ ।

यहाँहरुलाई जानकारी दिन चाहान्छु । मेरी छोरी केबल एक इन्जेक्शनबाट बचाउन सकिन्छ । जसले वंशानुगत दोषको प्रतिस्थापित गर्नेछ । र नानीले नयाँ जीवन पाउनेछिन् । तर त्यही एउटा इन्जेक्शनको मात्र २ दशमल १ मिलियन डलर अर्थात झण्डै २५ करोड हुन आउँछ ।

यो मेरो परिवार, मेरा आफन्त वा मेरो समुदायको सहयोगबाट मात्र सम्भव छैन । मेरी नानी विस्तारै विस्तारै कमजोर हुँदै गएको म एक आमा भएर कसरी हेर्न सकुँ । क्रिपया नानीको जीवन रक्षाका लागि पुर्न जीवनको भिख माग्छु । तपाईको सानो सहयोग नै मेरो नानीको पुर्नजीवन हुनेछ ।

मेरी नानीलाई यो धर्तीमा एक मौका दिनुहोस् । उनलाई आवश्यक इन्जेक्शन लगाएपछि आशा छ उनी छिट्टै राम्रो हुनेछिन् । एकदिन उनी र हामी हाम्रो परिवार सबैले तपाईहरुको सहयोग, सहयोगबाट नै ऋण चुक्ता गर्ने बाचा गर्दछौ । अहिलेसम्म सहयोग, साथ र हौसला दिनुहुने सबैमा भित्री आत्मदेखि नै धन्यवाद दिन चाहान्छु ।

प्रकृतीको बरदान अति सुन्दर यी मेरी फुल जस्ती नानी बचाउन तपाईहरुले गरेको सहयोगको मुल्यांकन भगवानले नै पनि गरिरहेका छन् । आशा छ भगवानले नै मानवतारुपी समाज दिएको छ । हाम्री नानीलाई त्यही समुदायले बचाउनेछ । यो मेरो सन्देश विश्वभरी पुग्नेगरी सेयर गरिदिनुहोला । नानीको सहयोग यसरी गर्न सक्नुहुनेछ  भन्दै लिंक दिएकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार