शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सञ्चार मन्त्रालयको अनुरोध

कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सञ्चार मन्त्रालयको अनुरोध

  • बुधबार, अशोज २८, २०७७
कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सञ्चार मन्त्रालयको अनुरोध

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिएका छन् ।

जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित (क्लिनफिड) प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्तिक ७ गतेभित्र विज्ञापनरहित –क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार