शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • किशोर किशोरीलाई लैगिङ्गता बारेमा अभिमुखीकरण

किशोर किशोरीलाई लैगिङ्गता बारेमा अभिमुखीकरण

  • बुधबार, अशोज २८, २०७७
किशोर किशोरीलाई लैगिङ्गता बारेमा अभिमुखीकरण

बाजुरा — बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका १८ जना किशोर किशोरीलाई लैगिङ्ग हिसाबारे अभिमुखीकरण गरिएकोे छ । कोराना कोभिड १९ को महामारीको बेला समुदायमा रहेका किशोरी र किशोरलाई सचेतनासंगै उनीहरुजस्तै अरु किशोरकिशोरीलाई सचेत गराउन अभिमुखीकरण गरिएको हो ।
रेडियो बाजुराको सिकाई केन्द्रमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा लैगिङ्ग हिसाँका प्रकार, यौनजन्य हिसां, समाजको दृष्टिकोणमा महिला र पुरुषका विशेषता, मानव बेचविखन सम्वन्धि कानुनी प्रावधान, करणी सम्वन्धि कानुनी प्रावधान लगाएतका विषयमा किशोर किशोरीलाई जानकारी गराईएको हो ।
सहभागि १८ जना किशोर किशोरीले समुदायमा गएर एक जनाले ४५ जना किशोर किशोरीलाई प्रशिक्षण गर्ने भएका छन् । कार्यक्रम युएनएफपीए नर्वेजियन दुतावासको आर्थिक सहयोग र फाया नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको हो । कार्यक्रमको सहजीकरण यूएनएफपिए जिल्ला संयोजक कृष्ण चौधरी र सञ्चारकर्मी नन्दा थापाले गर्नुभएको हो ।
कार्यक्रममा सुरक्षित आवास गृहका मनोविमर्शकर्ता सन्तोषी थापाले समुदायमा महिला तथा बालबालिका माथी भएको घटना एकद्धार संकटन व्यवस्थापन केन्द्र अथवा सुरक्षित आवासगृहसम्म पुर्याई सहयोग गर्न आग्रह गर्नुभएको छ । कोभिड १९ महामारीको बेला अरु समय भन्दा पनि बढी लैगिङ्ग हिसांका घटना बढेको भन्दै सहभागि किशोर किशोरीलाई अझ समुदायका घटना जिल्लासम्म पुर्याई पीडकलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार