मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

  • बुधबार, अशोज २८, २०७७
कस्तो रहनेछ आजको मौसम ?

बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार