शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बालिका शिक्षाबारे विषेश रेडियो बहस सञ्चालन

बालिका शिक्षाबारे विषेश रेडियो बहस सञ्चालन

  • सोमवार, अशोज २६, २०७७
बालिका शिक्षाबारे विषेश रेडियो बहस सञ्चालन

नन्दा थापा — नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज रेडियो बाजुरा र रेडियो बार्जुले बिशेष बहस रेडियो कार्यक्रम सञ्चालन गरेका छन् । बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका किशोरी र नगर उपप्रमुख र उपाध्यक्षसँगको खुला बहस छलफल गरेका हुन् ।


किशोरी सशक्तिकरण र छोरी लक्षित सामाजिक कुमान्यता विरुद्धको सहकार्यका लागि रेडियो बहस कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय सरकार जिम्मेवार हुनु पर्ने र शिक्षा स्वास्थ्य र अवसरमा ध्यान केन्द्रीत गर्नु पर्ने सुझाव किशोरीका तर्फबाट खप्तड छेडेदह गाउँपालिकाका करिस्मा विकले दिएकी छन् ।
यस्तै विद्यालय शिक्षा लैगिक समानता कायम गरिएको, विद्यालयको वातावरण छात्रामैत्री बनाउनु पर्ने र विद्यालयमा गरिने व्यवाहारमा स्थानीय सरकार जिम्मेवार हुनु पर्ने सुझाव विकले दिएकी छ ।
सिकाइ कहिल्यै रोकिँदैन भन्ने विश्वब्यापी अभियान अन्र्तगत किशोरीहरुले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा पनि बुढीगंगा नगरपालिकाका नगर उपप्रमुख तारा खाती र खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष कुन्तीबुढा साउँद बसहमा भाग लिनु भएको थियो भने बहसमा बुढीगंगा नगरपालिकामा रहेको भानुदय उच्च माद्यामिक विद्यालयका किशोरी र खप्तड छेडेदह गाउँपालिकाका किशोरी करिस्मा वि र च्याम्पियन कल्पना ओलीले भाग लिनु भएको हो ।


यस बर्षको अन्तर्राष्ट्रि बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ तय गरेर सञ्चालन गरिएको हो । कोरोनाको कारण भोग्नु परेको शैक्षिक समस्या, छाउ कुप्रथा, बाल विवाह, विद्यालयमा हुने विभेद र पीतृसत्ताको विषयलाई जोड दिइएको थियो ।
बहस कार्यक्रम रेडियो बार्जुले भानुदय माद्यामिक विद्यालयमा सञ्चालन गरी प्रत्यक्ष प्रसारण गरेको हो भने रेडियो बाजुराले स्टुडियोबाटै लाईभ गरेको हो । कार्यक्रम सञ्चालनमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सहयोग हो भने सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल, सीआईएनले सहकार्य गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार