शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७७ साल असोज २६ गते सोमबारकाे राशिफल

२०७७ साल असोज २६ गते सोमबारकाे राशिफल

  • सोमवार, अशोज २६, २०७७
२०७७ साल असोज २६ गते सोमबारकाे राशिफल

वि.सं.२०७७ साल असोज २६ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–दशमी,१३ घडी १९ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अष्लेषा,३७ घडी ०० पला,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त मघा । योग–साध्य,३० घडी ०७ पला,बेलुकी ०६ बजेर ०५ मिनेट उप्रान्त शुभ । करण–भद्रा,बिहान ११ बजेर २२ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त सिंह ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धी हात लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत संगित क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन साथीको सहयोगले नाँफामुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पती तथा विलासी सामान प्राप्त हुनेयोग रहेकोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार