शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • दुखःदर्द ता गरीबहरुलाई उपहार भयो

दुखःदर्द ता गरीबहरुलाई उपहार भयो

  • आइतवार, अशोज २५, २०७७
दुखःदर्द ता गरीबहरुलाई उपहार भयो

दुखःदर्द ता गरीबहरुलाई उपहार भयो,
श्रमजीवी बाँच्नलाई यही आधार भयो।

आमा दँशैमा आउँने मन थियो के गरौँ,
मेला पर्व समेत परदेशिलाई भार भयो।

एक तिर कोरोना को महा मारी छ यँहा,
यहि बेलामा कामकै पनि भरमार भयो।

मालिकले दिदैन छुट्टि अड्वाँस लिएछुँ,
जान पाउँदैनस तँ भन्ने अधिकार भयो।

पर्वाशी मज्दुरको यस्तो दुरदशा हुन्छन,
शंझेर आमा आँखा साहुन असार भयो।

मन हुँदाहुँदै धन भैन र छुट्टि पनि त छैन,
आमा छोराको समस्याले छेकबार भयो।

केभनौ यो देशमा सदियौँ देखि यस्तै छ,
देशको हालत देख्दा नि दिकदार भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार