मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • २० वर्षीया महिला बेचेको आरोपमा एकजना राजधानीबाट पक्राउ

२० वर्षीया महिला बेचेको आरोपमा एकजना राजधानीबाट पक्राउ

  • आइतवार, अशोज २५, २०७७
२० वर्षीया महिला बेचेको आरोपमा एकजना राजधानीबाट पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए ।

लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले जानकारी रातोपाटीलाई दिए । तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको एसपी द्विबेदीले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ । ‘शक्ति समूह नामक संस्थाले ती महिलाको उद्दार गरी नेपाल ल्याएको हो,’ एसपी द्विबेदीले भने ।

चर्चामा

सम्बन्धित समाचार