शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सुदुरपश्मिकै उत्कृष्ठ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुरा

सुदुरपश्मिकै उत्कृष्ठ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुरा

  • शनिबार, अशोज २४, २०७७
सुदुरपश्मिकै उत्कृष्ठ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुरा

बाजुरा — जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुरा सुदुर पश्चिमकै उत्कृष्ठ भएको छ । सुदुर पश्चिम प्रदेशका नौ ओटा जिल्ला मध्य बाजुरा उत्कृष्ठ भएको हो । सबै जिल्ला मध्य स्वास्थ्य क्षेत्रमा राम्रो गरेको भन्दै सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले एक कार्यक्रमका बिच सम्मान सहित पुरस्कृत गरेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र प्रमुख दिक्षा भण्डारीले बताएकी छन । नौ ओटा जिल्लाहरु मध्य राम्रो काम गरेको भन्दै निर्देशनालयले सम्मान सहित नगद ५० हजार पुरस्कार प्रदान गरेको कार्यालय प्रमुख भण्डारीले बडिमालिका खवरलाई बताएकी छन ।
सुदुर पश्चिम प्रदेश सामाजिक बिकाश मन्त्रालय क्षेत्रीय स्वास्थ्य निर्देशनालयको बार्षिक समिक्षा गोष्ठीको आयोजना गरी सुदुर पश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
शनिबार सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सम्मान गरेको हो । सोही क्रममा कार्यालय प्रमुख दिक्षा भण्डारीले  सो सम्मान सहित नगद पुरस्कार ग्रहण गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार