बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • के के देखे साथी कबिता

के के देखे साथी कबिता

  • शनिबार, अशोज २४, २०७७
के के देखे साथी कबिता

के के देखे साथी
जे जे देखे तेइ तेइ लेखे साथी
तछाड र मछाड गर्दै बिदेश जानेको तर्को देखे
रेमिटान्स पाएर देश मख्ख परेको देखे
बिदेशमा नेपाली बिचल्ली भएको देखे
आफ्नो देख आफै बनाउ भन्ने नारा देखे
अब नेपाल समृध नेपाल भन्ने नारा सुने
उद्योग धन्न स्थापीत नभई बिस्थापित भएको देखे
धुलो शहरमा नेताको चिल्लो गाडी गुडेको पो देखे
कानो देशमा गाडो तन्नेरी देखे
के के देखे साथी
जे जे देखे तेई तेई लेखे साथी
दिन छ गुना रात चौगुना प्याजको भाउ बढेको देखे
कृर्षि प्रधान देशमा तरकारी पनि बाहिरबाट आएको देखे
चुनाबको बेला नेताहरु गाउगाउमा धाएको पो देखे
कुर्सि पाएपछि त गाउको नाम नै भुलेको देखे
जनताका छोराछोरी सिटामोल नपाएर मरेको देखे
नेतालाई रुगा खोकी लाग्दा सिंगापुर भाएको देखे
केके देखे साथी
जे जे देखे तेइ तेइ लेखे साथी
पख्नुहोस बिकास होला
पानी जहाज पनि आउला
तर के गर्ने
जनताको मनमा निरास बढेको बढै छ
तेसैले मेरो रिसको पारा चढेको छ
के के देखे साथी
जेजे देखे तेइ तेइ लेखे साथी

सुबाश थापा
बुढीगंगा नगरपालिका २
हाल काठमाण्डौ

चर्चामा

सम्बन्धित समाचार