शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बिभिन्न सडकमार्गको भाडादर कायम

बाजुराका बिभिन्न सडकमार्गको भाडादर कायम

  • बिहिबार, अशोज २२, २०७७
बाजुराका बिभिन्न सडकमार्गको भाडादर कायम

बाजुरा —  बाजुरा जिल्लाका बिभिन्न सडकहरु संचालनमा आएसंगै जिल्लाका बिभिन्न ठाउँको भाडादर कायम गरिएको छ । असारको पहिलो साताबाट अबरोध भएको साफेँ मार्तडी मार्तडी कोल्टी लगायतका सडकहरु संचालनमा आए संगै भाडादर कायम गरिएको हो ।
जसमा साफेँ मार्तडी राजमार्गमा ३ सय भाडादर कायम गरिएको छ भने मार्तडी कोल्टी सडकको भाडादर ८ सय कायम गरिएको छ । साफेँ देखी मार्तडी सम्मको ५७ किलोमिटर पक्की सडक रहेको छ भने यता मार्तडी कोल्टी सडक ४१ किलोमिटर रहेको छ सो सडक कच्ची सडक रहेको छ ।
त्यसै गरि मार्तडी जडाङ्गा ६० रुपीया रहेको जिल्ला प्रशासनले मौखीक निणर्य गरेको जनाएको छ । त्यसै गरी जडाङगा साफेँ २ सय ५०, मार्तडी साफेँ ३ सय बल्दे आटिचौर २ सय बल्दे डोगडी ४ सय डोगटी चौखुट्टे ५० कोल्टी पिलुचौर १ सय रुपैँया कायम गरेको छ । त्यसै गरी तेलको मुल्य पनी कायम गरिएको छ डिजेलको १ सय १० रुपैया प्रतिलिटर कायम गरेको जिल्ला प्रशासनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार