बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

  • बुधबार, अशोज २१, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार नवलपरासी सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिकाकी ५५ वर्षीया महिला र दाङ राप्ती गाउँपालिका-८ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

नवलपरासीका ७६ वर्षीय पुरुषको बुधबार बिहान १२:५० बजे उपचारका क्रममा मृत्यु भएको हो। उनलाई १६ गते अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। उनलाई मधुमेह, दम र उच्च रक्तचापको समस्या पनि थियो।

यस्तै, बुटवल उपमहानगरकी ५५ वर्षीया महिलाको बुधबार बिहान ५:३० बजे मृत्यु भएको हो। उनलाई १७ गते अस्पताल भर्ना गरिएको थियो। यसैगरी, दाङकी ७१ वर्षीया महिलाको मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो। उनलाई पनि १७ गते अस्पताल भर्ना गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार