बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • फेसबुकले हटायो ट्रम्पका स्ट्याटस

फेसबुकले हटायो ट्रम्पका स्ट्याटस

  • बुधबार, अशोज २१, २०७७
फेसबुकले हटायो ट्रम्पका स्ट्याटस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई फेसबुकले डिलिट गरेको छ । मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । उक्त सूचनाले ‘मिसलिड’ गर्ने भन्दै फेसबुकले हटाइदिएको हो ।

ट्रम्पले पोष्टले फेसबुकको कोभिड-१९ को मिसइन्फर्मेसन सम्बन्धी नीति उलंघन गरेको बताउदै हटाइएको फेसबुकका प्रवक्ता एन्डी स्टोनले जानकारी दिएका छन् ।

आफै कोरोना संक्रमण भएर ठीक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए,’फ्लूको सिजन आउँदै छ । भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने ? होइन, हामीले यससँग बाँच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाँच्न सिक्दै छौं, धेरै जनसंख्यामा यो कम प्राणघातक छ ।’

यसअघि अगस्टमा पनि फेसबुकले ट्रम्पको स्ट्याटस हटाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार