मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • कला /साहित्य
  • सुरेन्द्र शाहीको परतन्त्र (मुक्तक संग्रह) बिमोचन

सुरेन्द्र शाहीको परतन्त्र (मुक्तक संग्रह) बिमोचन

  • मङ्लबार, अशोज २०, २०७७
सुरेन्द्र शाहीको परतन्त्र (मुक्तक संग्रह) बिमोचन

बाजुरा — सुरेन्द्र शाही (गुलाव कान्छो) को परतन्त्र नामक ( मुक्तक संग्रह )को एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । जगन्नाथ गाउँपालिका वडा न ३ का शाहीद्धारा लिखित मुक्तक संग्रहको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे र मालिका माबिका प्राचार्य शुभराज पाध्यायले सयुक्तरुपमा बिमोचन गरेका हुन ।
सदरमुकाम मार्तडीमा किताको बिमोचन समारोहका बिच बिमोचन भएको मुक्तक संग्रहका प्रकाशक महेश शाहीले बताएका छन । सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनमा संचालन भएको बिमोचन कार्यक्रम गरिएको लखेक शुरेन्द्र शाहीले बताएका छन ।

Image may contain: 1 person, text
सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहेका थिए । प्रतिष्ठानका सचिव कृष्ण ओलीले संचालन गरेको कार्यक्रमका बिशिष्ठ अतिथि मालिका माबिका प्राचार्य शुभराज पाध्याय रहेका थिए ।
लेखक शाहीले कुल्चीएको गुलाव गजल संग्रह, पुणर्िमा सयुक्त हाइकु संंग्रह, र साइनो सारथी सयुक्त साइनो संग्रह प्रकाशन गरीसकेका छन भने यो चौथो मुक्तक संग्रहको आज बिमोचन गरीएको उनले बताएका छन ।
त्यसै गरी अतित उपन्यास, रोदन गजल र आमाबा साइनो प्रकाशोन्मुख रहेको शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार