बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीका ५,१४३ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि

बैतडीका ५,१४३ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि

  • सोमवार, अशोज १९, २०७७
बैतडीका ५,१४३ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि

बैतडीमा हालसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको छ। गत चैतदेखि अहिलेसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। जिल्लाबाट ५ हजार १४८ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ५ जनाको मात्रै रिपोट आउन बाँकी रहेको उनले बताए।

यस्तै आइतबारसम्म बैतडीमा ४१२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये २२ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ। बाँकी ३ सय ८९ जना कोरोना जितेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार