शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • आउलान भोट माग्न जनताको आगनमा

आउलान भोट माग्न जनताको आगनमा

  • शुक्रबार, अशोज १६, २०७७
आउलान भोट माग्न जनताको आगनमा

गजल!
यो देश जनताको हो नेताको जागिर छैन,
राणा राजाझैँ यो पनि गए कत्ति पिर छैन।

पचेन जनताको मान सम्मान इनिहरुलाई,
अब यँहा फुलका माला र त्यो अबिर छैन।

आउलान भोट माग्न जनताको आगनमा,
उन्को स्वागतमा अब त्यो मिठो खिर छैन।

मुस्किल छ अब पौडिन यो जन सागर मा,
यो भन्दा अपठ्यारो त संसारमा भिर छैन।

जनताको रोदन मुटुमा गएर बिज्नेछ फेरी,
सरकार यो भन्दा तिखो कतैपनि तिर छैन।

बस्छन वीर देश भक्त हिमाल पहाड तराई,
दुष्ट को अगाडी झुकि रहने यँहा सिर छैन।

गर कु क्रम हेरेकाछन मज्दुर सेते जस्तै ले,
भ्रष्टचार नभयको देशभित्र मठ मन्दिर छैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार