शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • ग्यास बिस्फोट हुँदा ५ जना घाइते

ग्यास बिस्फोट हुँदा ५ जना घाइते

  • बुधबार, अशोज १४, २०७७
ग्यास बिस्फोट हुँदा ५ जना घाइते

काठमाडौ — काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ ।

खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार