शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

  • बुधबार, अशोज १४, २०७७
थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

 नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ।

५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।  नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार