बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

  • मङ्लबार, अशोज १३, २०७७
नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

काठमाडौं १३ असाेज —  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो ।

यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार