शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • विराटनगरमा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक

विराटनगरमा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक

  • आइतवार, अशोज ११, २०७७
विराटनगरमा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक

विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयलाई नै परीक्षा गर्न दिएपछि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

महानगरले २५ असोजदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । महानगरका शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडाले सरकारको नीति अनुसार नै तालिका सार्वजनिक गरिएको बताए ।

‘परीक्षा गर्न भनेर सरकारले नै सूचना जारी गरेको छ । परीक्षा बोर्डले विद्यालयलाई नै जिम्मा दिएको छ । विद्यालयहरुले महानगरलाई तालिका निकाल्न भनेपछि सबैसँग छलफल गरेर तालिका सार्वजनिक गरेका हौं,’ उनले भने ।

प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र विद्यालयकै सहमतिमा परीक्षा गर्ने निर्णय भएको उनले बताए ।

‘१५ असोदेखि विद्यालय भर्ना भनिएको छ । एसईईको नतिजा आयो । अब ती ११ मा भर्ना हुन्छन् । नयाँ भर्ना गर्न पुरानो ११ लाई निकाल्नु पनि पर्‍यो,’ उनले भने ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयले आफ्नो सहजता हेरेर परीक्षा लिन सक्ने बताए ।

‘स्थानीय सरकारसँग अधिकार छ । विद्यालयलाई आफ्नो अनुकुल समयमा लिन भनेका हौं । सहजता हेरर विद्यालयले परीक्षा लिन्छन्,’ उनले भने ।

मोरङ हिसानका अध्यक्ष राजेश कार्कीले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गरिने बताए । ‘बजार खुलेको छ । सहज वातवरण बनेको छ । दुरी कायम गरेर परीक्षा लिन्छौं । विद्यार्थीलाई लामो समय अल्झाएर राख्न मिल्दैन,’ उनले भने ।

ब्जार खुलेको छ । दुरी कायम गरेर परीक्षा गर्न लागेका हाैं । विद्यार्थीलाई अल्झाएर राख्न मिल्दैन । तर कोरोना भाइरसको जोखिम कायम रहेकाले अभिभावक र विद्यार्थी भने डर र त्रासमै छन् । भौतिक रुपमै उपस्थित भएर परीक्षा गर्ने भएकाले जोखिम रहेको विद्यार्थी र अभिभावको गुनासो छ ।

चर्चामा

सम्बन्धित समाचार