बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • ४ सय ४० ग्राम सुन सहित दुई जना पक्राउ

४ सय ४० ग्राम सुन सहित दुई जना पक्राउ

  • आइतवार, अशोज ११, २०७७
४ सय ४० ग्राम सुन सहित दुई जना पक्राउ

प्रहरीले गौरीफन्टा सीमानाकाबाट सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ। क्षेत्रिय अनुसन्धान समूह आरआईटी र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सुनका गरगहना सहित भारतबाट फर्किदै गरेका दुई जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका २ का २२ वर्षीय मोहन कामी र सोही ठाउँका १९ वर्षीय सुनिल भुजेल रहेका छन।

उनीहरुबाट चार सय ४० ग्राम छ सय ३० मिलिग्राम बराबरका विभिन्न गरगहना बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार