बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

  • आइतवार, अशोज ११, २०७७
मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए । कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । रासस

चर्चामा

सम्बन्धित समाचार