शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

  • शनिबार, अशोज १०, २०७७
छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौं– वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक कोरोना संक्रमित सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको असोज ९ गते मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो। उनमा असोज ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।

उनलाई छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसीयुमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको निर्देशनालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ। हालसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित भएका छन् भने ५ सय ३९ जना निको भएका छन्। हाल सेनामा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ५६ रहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार