बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

  • शनिबार, अशोज १०, २०७७
पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो
फाइल तस्विर

पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार