बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ” रचनाका मुनाहरु” भर्चुअल बार्षिकोत्सव गोष्ठी सम्पन्न”

” रचनाका मुनाहरु” भर्चुअल बार्षिकोत्सव गोष्ठी सम्पन्न”

  • शुक्रबार, अशोज ९, २०७७
” रचनाका मुनाहरु” भर्चुअल बार्षिकोत्सव गोष्ठी सम्पन्न”

बिहीवार  रचनाका मुनाहरू साहित्य मञ्जरी परिवारले भर्चुअल गोष्ठी गरेर भव्य रूपमा अाफ्नाे तेस्राे वार्षिकाेत्सव सम्पन्न गरेकाे छ । उक्त गोष्ठीमा दर्जनौं वरिष्ठ कविहरूको उपस्थिति रहेको थियो । छन्दनायक, कविवर आदरणीय माधब वियोगीको सभापतित्वमा साँझ ८ बजेदेखि चलेको सो कार्यक्रम रातिको बाह्र बजेसम्म चलेको थियो।

अाफ्ना गतिविधिबारे जानकारी गराउने र विभिन्न विधाका कविता सिक्ने र सिकाउने उद्देश्यले आयोजना गरिएको उक्त वार्षिकाेत्सवकोत्सव गोष्ठीमा प्रमुख अतिथि डा.बम बहादुर जितालीले शुभकामना मन्तव्य दिदै कविता सुनाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बालकुमार क्षेत्रीले अफूले संस्थाकाे हितका लागि सबैलाई समेटेर अघि बढ्ने स्रष्टाहरूकाे उत्पादनमा विशेष भूमिका खेल्ने प्रतिबध्दता जनाउनु भएकाे सबैलाई धन्यवाद साे कार्यक्रममा आदरणीय कविहरू कलानिधि दाहाल, गायत्रीकुमार चापागाईं, विदुर अधिकारीज्यूले कविता वाचन गर्नुभएको थियो ।

सन्चालक समितिका पदाधिकारीहरू संस्थापक दङ्गाली तारा समर्पण, अध्यक्ष बालकुमार क्षेत्री, उपाध्यक्ष आरती बिष्ट,सदस्यहरू कल्पना भट्टराई, निर्मला अर्याल,सागर विश्वकर्मा,सूचनाधिकारी शान्ता पौडेलले पालैपालो कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा तीन दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो । उपस्थित स्रष्टाहरूमा-जमुना गौतम ,कल्पु जोशी सुरेन्द्र शाही,रामकुमार श्रेष्ठ “फुच्छे”,नारायण खड्का ,छविलाल खड्का,शान्तिदीप,विनायक पन्त,राधा पाण्डे,धर्मानन्द,आर बि खड्का,मिना कोइराला,जगदीश भट्टराई ,सुरेश काफ्ले,सिर्जना खनाल,होमनाथ घिमिरे,वासुसुदेव काफ्ले लगायतका स्रष्टाहरूले कविताको साथमा मन्तव्य दिनुभएको थियो ।

संस्थका संस्थापक दङ्गाली तारा समर्पणज्यूले भाषासाहित्यमा तथा छन्दकाे विकासमा केही गराैं भन्ने मनासयले अारम्भ भएकाे याे संस्था अाज धेरैकाे साथ र सहयाेगले यहाँसम्म अाएकाे बताउँदै हिजाे जस्तै अाज पनि अाफू यसमै सक्रिय रहेकाे तथा रहिरहने बताएका छन ।

कार्यक्रमको अन्त्यमा उक्त संस्थाका बरिष्ठ सल्लाहकारसमेत रहनुभएका सभापति छन्दनायक माधव वियोगीले आयोजक समूहको सराहना गर्दै, छन्द बचाऊँ अभियानको गतिविधिबारे सङ्क्षेपमा प्रकाश पार्दै अाफूले त्यसकाे नेतृत्व गरेपनि सबैकाे सक्रियता र सहयाेगमा छन्ददिवस प्राप्त भएकाे तथा छन्द विश्वव्यापी रूपमा पुनर्जागृत भएकाे बताए ।

साथै उहाँले रचनाका मुनाहरू समूहगत कार्यक्रमले पनि सिर्जनाकाे विकासमा अाफूलाई नेपाली माटोमा स्थापित गरेकाे छ भन्दै अागामी दिनमा थप सचेत र जागररूक हुँदै कार्यक्रमकाे विस्तार गर्न सूझाबसमेत दिएका छन । छन्द अब बाँचेकाे छ,अब यसलाई दीर्घजीवी बनाउने काम नयाँ पुस्ताकाे हाे,लेखक र वाचक दुबैकाे भूमिका समान छ भन्ने धारणा राख्दै उहाँले रचनाका मुनाहरू सम्बन्धमा रचित सारगर्वित कविता वाचन गरेर कार्यक्रम समापनकाे घाेषणा गर्नु भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार