शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु

  • बिहिबार, अशोज ८, २०७७
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–२ स्थित सुरुङडाँडामा पहिरोले पुरेर एकजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा स्थानिय २७ वर्षीय मोतिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।

त्यस्तै, गएरातीको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको हो । पाँच जना पुरेको खबर आएपछि हुँगी प्रहरी चौकीबाट भर्खरै प्रहरी घटनास्थलमा पुगेको छ ।

आफु घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको एसपी भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार